वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार
रोल्पा, २६ कात्तिक । चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक एक राउन्ड गोली चलाएको थियो।
त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ हो। ...























