कांग्रेसले भारतको वानी बिगारेकै कारण नाकाबन्दी लाग्योः ओली
काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग लत्रिन आवश्यक नरहेको बताएका छन् । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनीबानी विगारेकै कारण नाकाबन्दी लागेको समेत उनको आरोप छ ।
सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने बताए । भने, ‘हामी लत्रिनु पर्ने आवश्यकता छैन । स्वाभिमानका साथ अगाडि बढ्न सक्छौं, मित्रतापूर...




















