बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ, १ अशोज । यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिनुभयो । उनीहरूको निःशुल्क आँखाको शल्यक...
योग साधनप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

योग साधनप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ अशोज । प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेका छन् । पतञ्जली योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रधानसेनापति क्षत्रीले भने, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै...
दुई महिनासम्म पनि विद्युत् सेवा सञ्चालन भएन

दुई महिनासम्म पनि विद्युत् सेवा सञ्चालन भएन

गुल्मी।दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत सम्भार नहुँदा विगत लामो समयदेखि बिजुली बत्ती बाल्न नपाउँदा आफूहरुलाई निकै समस्या भइर...
हङकङविरुद्ध नेपालकाे ब्याटिङ, ७७ रनको विजयी लक्ष्य (लाइभ भिडियोसहित)

हङकङविरुद्ध नेपालकाे ब्याटिङ, ७७ रनको विजयी लक्ष्य (लाइभ भिडियोसहित)

काठमाडौं, १ अशोज । काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा नेपाललाई हङकङले जितका लागि ७७ रनको लक्ष्य दिएको छ । हङकङले दिएको ७७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरू गरेको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाउन सक्यो । खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर राग कपुरलाई सु...
भीमनारायण गोल्डकपको आज फाइनल, उपाधिका लागि ब्वाईज यूनियन र विर्ता यूनाईटेड भिड्दै

भीमनारायण गोल्डकपको आज फाइनल, उपाधिका लागि ब्वाईज यूनियन र विर्ता यूनाईटेड भिड्दै

धनकुटा, १ असोज । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । स्थानीय टुडिखेलमा अपरान्ह हुँने फाईनलमा गोल्डकपको उपाधीका लागि ब्वाईज यूनियन काठमाण्डौं र विर्ता यूनाईटेड झापा आम्नेसाम्ने हुँदैछन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोल अन्तरले पराजित गर्दै र सेमिफाईनलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानल...
कहाँ-कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ? यस्तो छ मुख्य दलका नेताहरुको लबिङ

कहाँ-कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ? यस्तो छ मुख्य दलका नेताहरुको लबिङ

सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि प्रदेश नम्बर २ को निर्वाचनमा व्यस्त हुँदा अहिलेसम्म राजनीतिक समितिको बैठकसमेत बस्न नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
२०७४ असोज १ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ असोज १ गते आइतबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

मेष– काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष– व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला  । मिथुन– खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । कर्कट– काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । सिंह– आयआर...
धनकुटामा पत्रकार र भीमनारायण गोल्डकप आयोजकवीच मैत्रीपूर्ण फुटवल

धनकुटामा पत्रकार र भीमनारायण गोल्डकप आयोजकवीच मैत्रीपूर्ण फुटवल

धनकुटा, ३१ भदौ । धनकुटामा आज भीमनारायण गोल्डकप आयोजक समिति र पत्रकारहरुवीच मैत्रीपूर्ण फुटवल खेल खेलिएको छ । स्थानीय टुडिखेलमा अपरान्ह भएको खेलमा ६–३ गोल अन्तरले गोल्डकप आयोजक टिम बिजयी भएको छ । मध्यान्तरअघि गोल्डकप आयोजक टिमले ४–० ले अग्रता लिएको थियो । मध्यान्तरपछि पत्रकारको टिमले ३ गोल र आयोजक टिमले २ गोल गरेको हो । खेलमा आयोजक टिमको तर्फबाट गोल्डकपका संरक्षक एवं सांसद मनोहर नारायण श्रे...
प्रचण्डलाई बैद्यको सुझाव -हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस्

प्रचण्डलाई बैद्यको सुझाव -हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस्

बुटवल , ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन बैद्य किरणले माओवादी अध्यक्ष प्रचण्ड कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले पूर्व सहकर्मी बैद्यको चर्को आलोचना गरे । प्रचण्ड कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको बताउँदै उनले भने, हामीसँग एकता हुँदैछ भनेर भ्रमको खेती गर्दै हुनुहुन्छ । हामीसँग होइन, कांग्रेससँग मिल्नुस् ।’ उनले आफुहरु नेपालमा पुनः क्रा...
ओलीलाई प्रचण्डको जवाफः रुकुममा असली लोकतन्त्र आएको छ

ओलीलाई प्रचण्डको जवाफः रुकुममा असली लोकतन्त्र आएको छ

रुकुम , ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको टिप्पणी गरेका छन् । पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । उनले भने, विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।’ रुकुमका सबै स्थानीय तह माओवादी केन्द...
नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

काठमाण्डौ, ३१ भदौ । सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ। यसका साथै त्यसबाट देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको नेपाली भाषालाई पनि विस्थापन गरिएको छ। सरकारले यही भदौ १ देखि सङ्केताङ्क चिह्न पाटी परिवर्तन थालेको छ। अब विद्युतीय सङ्केताङ्क चिह्न प...
ओखलढुंगामा खोलाले बगाएर एकको मृत्यु

ओखलढुंगामा खोलाले बगाएर एकको मृत्यु

ओखलढुंगा, ३१ भदौ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा खोलाले बगाएर एक जनाएको ज्यान गएको छ । ज्यान जानेमा मोलुङ ८ निवासी अन्दाजी ४८ बर्षिय केशब राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंंगाले जनाएको छ । स्थानीय पोक्तिङ खोलामा शुक्रबार बेलुका पाहा मार्न निस्केका राईलाई शनिबार बिहान करिब ३ बजे तिर मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले  बताए ।  उनको शवलाई हराएको स्थानबाट झन्डै ५...
चिलिमे पुगे कुलमान, आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन

चिलिमे पुगे कुलमान, आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । चिलिमे कम्पनीले १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४५.५ मेगावाटको सञ्जेन र १ सय ११ मगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ,...
रक्षामन्त्री भन्छन्, ‘७० कटेका नेतालाई चुनाव लड्न दिनु हुँदैन’

रक्षामन्त्री भन्छन्, ‘७० कटेका नेतालाई चुनाव लड्न दिनु हुँदैन’

काठमाडौँ, ३१ भदौ। रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन् । काठमाडौँस्थित निर्वाचन क्षेत्र नं ६ धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव नपाउने व्यवस्था कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘हामीले आफूले मात्र सधैँभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, द...
चीनले किन खरिद गर्छ वर्षेनी लाखौँ गधा ? कारण यस्तो छ

चीनले किन खरिद गर्छ वर्षेनी लाखौँ गधा ? कारण यस्तो छ

एजेन्सी, ३१ भदौ । शीर्षक पढेर अचम्ममा पर्नुभयो होला होइन ? तर यो खबर विल्कुलै सत्य हो । चीनले ठूलो मात्रामा अफ्रिकाबाट गधा खरिद गरिरहेको छ । चीनले हरेक वर्ष अफ्रिकी देशहरुबाट लाखौँको संख्यामा गधा आयात गर्दछ । आखिर यसरी खरिद गरेका लाखौँ गधासँग चीनको साइनो के छ ? के गर्छ उसले यसरी भित्राइएका गधालाई ? कारण यस्तो छ । चीनमा हरेक वर्ष ४० लाख गधाको आवश्यकता पर्दछ । यति ठूलो संख्याको आवश्यकता देशभित्र...
झापामा उम्मेदवार खोज्दै विवकशील साझा पार्टी

झापामा उम्मेदवार खोज्दै विवकशील साझा पार्टी

झापा, ३१ भदौ । प्रमुख राजनीतिक दलहरु प्रदेश २ को स्थानीय निर्वाचनमा केन्द्रित भइरहेका बेला विवेकशील साझा पार्टीले भने प्रदेश र संसदीय चुनावका लागि दौडधुप सुरु गरेको छ । पार्टीले भदौ २४ गते शनिबारदेखि बुटवलबाट प्रदेश र संसदीय चुनाव केन्दि्रत अभियान सुरु गरेको हो । यो अभियान चितवन, पर्सा, बारा, सुनसरी र मोरङ हुादै झापाको बिर्तामोड आइपुगेको छ । साझा पार्टी र विवेकशील नेपालीको एकीकरणपछि मोफसलमा सं...
गृह मन्त्रालयले भन्यो – सुरक्षा चुनौती छैन, ढुक्क भएर मतदान गर्नुस्

गृह मन्त्रालयले भन्यो – सुरक्षा चुनौती छैन, ढुक्क भएर मतदान गर्नुस्

काठमाडौं , ३१ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने व...
सरकारले राज्यका अंग दुरुपयोग गरेको ओलीको आरोप, सञ्चारकर्मीलाई भ्रष्टाचारका विषयमा आवाज उठाउन आग्रह

सरकारले राज्यका अंग दुरुपयोग गरेको ओलीको आरोप, सञ्चारकर्मीलाई भ्रष्टाचारका विषयमा आवाज उठाउन आग्रह

विराटनगर , ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए । उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे । नेपाल आयल निगमको जग्गा खरिद प्...
दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

बाबियाचौर, ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ । भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी...
कपिलवस्तुमा एचआइभी संक्रमित बिरामी बढे

कपिलवस्तुमा एचआइभी संक्रमित बिरामी बढे

कपिलवस्तु , ३१ भदौ । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ । हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेर अहिले भएको जि...
सुरक्षाको ४ घेरामा २ नम्बर प्रदेशको चुनावः गृहमन्त्री शर्मा

सुरक्षाको ४ घेरामा २ नम्बर प्रदेशको चुनावः गृहमन्त्री शर्मा

काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा सम्पन्न हुन लागेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि सुरक्षा ब्यवस्था बलियो बनाएको बताएका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावलाई व्यवस्थित बनाउन सुरक्षा निकायको चार घेरा तयार गरिएको जानकारी दिए ।  उनले नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोश्रो घेरा, नेपाली सेनाको तेश्रो घेरा र राष...
पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

काठमाडौ , ३१ भदौ ।  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ। कम्पनीले आगामी पाँच वर्ष रु ३६ अर्ब आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज प...
दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

दूधकोशी, सुनकोशी पुलले विकासको ढोका खोलियोः प्रधानमन्त्री

गाईघाट, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताउनुभयो । उहाँले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र ...
अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार छौंः उत्तर कोरिया

अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार छौंः उत्तर कोरिया

एजेन्सी, ३१ भदौ । ताजा मिसाइल परिक्षणपछि युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका छन् । यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी दिएका छन् । एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका ...
श्रीनगर खाद्य डिपोमा ताला, दसैंमा हुम्लावासीले भातै खान नपाउने..

श्रीनगर खाद्य डिपोमा ताला, दसैंमा हुम्लावासीले भातै खान नपाउने..

सिमकोट, ३१ भदौ । अदानचुली गाउँपालिका १ का जगत भियाललाई दसैं नजिकिदै गर्दा दसैंमा परिवारलाई कसरी भात खुवाउने भन्ने चिन्ताले भित्रभित्रै निकै पिरोलेको छ। वर्षभरीको पर्वमा परिवारलाई भात खुवाउन श्रीनगर खाद्य डिपोमा पुगेका जगतले डिपोका सबै कोठामा ताला लगाएको देखेपछि साना बच्चाले ‘दसैंमा त भात पाइन्छ है बाबा !’ भनेको शब्दमात्र सम्झिए। चामलका लागि सर्केगार्ड खाद्य डिपोमा गएका सर्केगार्ड गाउँपालिका ५ ...
देश छोडेर भाग्ने क्रममा राेहिज्या महिलाहरूमाथि बलात्कार

देश छोडेर भाग्ने क्रममा राेहिज्या महिलाहरूमाथि बलात्कार

म्यानमार, ३१ भदौ । म्यानमारको रोहिज्या समुदायका कतिपय महिलाहरू देश छोडेर भाग्ने क्रममा बलात्कारको शिकार भएका छन्। कतिपय महिलाहरूको बलात्कार पछि हत्या समेत गरिएको खुलासा भएको छ । लाजका कारण बलात्कार बारे नखुलेको बंगलादेशका डाक्टरहरूको भनाई छ। सेनाको ज्यादती पश्चात् ज्यान जोगाउनका लागि बंगलादेश आइपुगेकी हजीरा बेगम बलात्कृत भएकी छिन्। बलात्कृत भएतापनि ज्यान भने जोगाएकी छु। उनी भन्छिन् मेरो छोरा भ...
जागिरको अनुभवपछि बाख्रापालनमा रमाउँदै

जागिरको अनुभवपछि बाख्रापालनमा रमाउँदै

म्याग्दी, ३१ भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभव संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा निउरेले व्यावसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसँगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० वर्षीय निउरेले विगत एक वर्षदेखि घरमै व्यावसायिक बाख्रापालन थालेका हुन् । अरुको देशमा रातदिन काम गर्दा समेत दैनिक गुजारा चलाउनबाहेक अन्य उल्लेख्य प्रगति हासिक गर...
ओभरलोडले बेलहिया-बुटवल सडक जोखिममा, नेपाली गाडी रोकेर भारतीयलाई छुट

ओभरलोडले बेलहिया-बुटवल सडक जोखिममा, नेपाली गाडी रोकेर भारतीयलाई छुट

भैरहवा, ३१ भदौ । रुपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै प्रवेश गर्ने ओेभरलोड बोकेका भारतीय गाडीलाई रुपन्देही प्रहरीले छुट दिएको छ । यसले आफुहरु मर्कामा परेको व्यवसायीले बताएका छन् । मुलुकभित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड ल्याउन छुट दिएको हो । कानुन सबैको लागि समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले मा...
प्रयोगविहीन अवस्थामा छन् तेह्रथुमका सरकारी कृषि भवन

प्रयोगविहीन अवस्थामा छन् तेह्रथुमका सरकारी कृषि भवन

तेह्रथुम, ३१ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्तीबजार नजिकै कृषि हाटबजारका लागि लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका भवन प्रयोगविहीन छन्। पाँच वर्षअघि यहाँको कृषिउपजलाई बजारीकरण गर्न बनाइएका भवन र ट्रष्ट अहिलेसम्म प्रयोगमा आएका छैनन्। निर्माण गरेर प्रयोग मै नआई भवन जीर्ण बन्न लाग्दासम्म पनि यिनको प्रयोग र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएका छैनन्। नेपाल सरकार र एसियाली विकास...
बिहान खाली पेटमा कागतीपानी पिउनुका यस्ता छन् फार्इदा

बिहान खाली पेटमा कागतीपानी पिउनुका यस्ता छन् फार्इदा

काठमाडौं, ३१ भदौ । कागतीपानी पिउने बानी कत्तिको छ रु छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् । लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणा...
नगरपालिकामै प्रहरीचौकी छैन

नगरपालिकामै प्रहरीचौकी छैन

दैलेख, ३१ भदौ। दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ । यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो । अहिले पालेतडाबाट सदरमु...
error: Content is protected !!