लमजुङ, १० मंसिर । लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत बर्खास्त भएका छन्। हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि मध्यनेपाल नगरपालिका, रामबजारको इशानेश्वरी मावि (ख) का मतदान अधिकृत कुमार न्यौपाने बर्खास्त भएका हुन्।

Advertisement

सो केन्द्रको जिम्मा सहायक मतदान अधिकृत सुमन थापामगरलाई दिइएको छ।

अधिकृत न्यौपानेले हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो।

हस्ताक्षर नभएका मतपत्र मान्य नहुने निर्णय गर्दै उनलाई बर्खास्त गरिएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!