सुनसरी, ११ मंसिर। सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको हो।

आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

Advertisement

आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले विभिन्न दलका नेता तथा कार्यकर्ता सो क्षेत्रमा राहत प्रदान गर्न पुगेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!