एजेन्सी, १० मंसिर । आजभोलि जवान महिलाहरु मात्र नभएर वृद्ध र बच्चाहरु समेत बलात्कारको शिकार हुने गरेका छन् । यस्तैमा ८८ वर्षीया एक वृद्ध महिलाले भने आफ्नो इज्जत बचाउन बलात्कारीहरुलाई अनौठो उपाय लगाएर भगाइन् ।

Advertisement

पेन्सिलवेनियाको पार्केबर्गमा बस्ने हेलेन रिनोल्ड्स यसै घटनाका कारण चर्चामा आएकी छन् । वृद्ध भएपनि आफ्नो बुद्धिको उपयोग गरेर उनले आफूलाई बचाउन सफल भएकी हुन् ।

उनी घरमा एक्लै भएका समयमा दुई लुटेराहरु घर लुट्न आएका थिए । अपार्टमेन्टकै कामदारका भेषमा अाएका तिनीहरुले भित्र पस्नासाथै हेलेनको हातखुट्टा बाँधिदिएर मुखमा पट्टी लगाइदिएका थिए ।

घर लुटिसकेपछि भने उनीहरु हेलेनको बलात्कार गर्न अगाडि बढिरहेका थिए । त्यसै समय उनले भनेको एउटा कुरा सुनिसकेपछि ती दुवै लुटेराहरु उनका घरबाट तुरुन्तै निस्किएर गए ।

बलात्कार गर्ने निर्णय गरेर हेलेनतर्फ बढिरहेको समयमा नै उनले ती दुवैलाई एउटा झुटो कहानी सुनाएकी थिइन् । उनले तिनीहरुलाई आफू एच आइ भी संक्रमित भएको भन्दै झुट बोलिन् । यति मात्र नभएर उनले तिनीहरुलाई आफ्नो पतिको पनि यसै संक्रमणबाट केही दिनअघि मात्र मृत्यु भएको बताइन् ।

उनलाई एड्स भएको सुन्ने बित्तिकै ती दुवै अपराधीहरु पहिले त अलमल्ल परे । त्यसपछि भने उनका कुरामा विश्वास गर्दै उनीहरुले उनलाई त्यतिकै छाडि त्यहाँबाट भागेका थिए । यसरी वृद्ध भएर पनि आफ्नो बौद्धिक क्षमताका कारण हेलेन आफ्नो इज्जत र जीवन बचाउन सफल भएकी हुन् । अाफू बाेल्न सक्ने अवस्थामा नहुँदा नहुँदै पनि उनले बहादूरीपूर्वक ती अपराधीकाे सामना गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!