रुकुम, १० मंसिर । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ ।

Advertisement

नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।

मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो ।

मत पेटिकामा आगो लगाएको असंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागी भने मतदान भैरहेको छ । यहाँ ६ सय ७२ जना मतदाता रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!