वीरगञ्ज, १० मंसिर । वीरगंजको विर्तामा रहेको जिल्ला कारागार (सुधारगृह) मा रहेका अधिकांश कैदी बन्दी छाला रोगबाट पीडित रहेको पाइएको छ ।

Advertisement

कारागार भित्रको अव्यवस्थित बसाई र पानी स्वच्छ नहुँदा अधिकांशमा दादजस्ता छाला सम्बन्धी रोग पाइएको यौन तथा छाला रोग विशेषज्ञ डा.मनिष प्रधानले बताए ।

धेरै जसोमा शरिरका विभिन्न भागमा दाद जस्ता छालासम्बन्धी रोग देखिएको छ । सरसफाइमा ध्यान नदिनु र पानी समेत स्वच्छ नहुँदा यस्तो रोग फैलिएको डा.प्रधान बताएका छन् ।

यस्तै उच्च रक्तचाप, ग्याष्ट्रिक जस्ता रोगीको सख्या पनि उल्लेख्य रहेको बरिष्ठ फिजिसियन डा.निरज सिंहले बताए । चिल्लो, पिरो तथा मसलायुक्त खाना बढी खानु, नियमित व्यायाम नगर्नु जस्ता बानिले मान्छेमा उच्च रक्तचाँप बढाउने गरेको डा. सिंहको भनाइ छ । यस्तै समयमा खाना नखानाले अधिकांसलाई ग्याष्ट्रिकको समस्या देखिने गरेको पनि उनले बताए ।

शनिबार राखिएको शिविरमा जिल्ला कारागारमा रहेका ५ सय २ जनाको चेकजाँच गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक एवं सञ्चारकर्मी आविद हुसेनले जानकारी दिए ।

बरिष्ठ फिजिसियन डा.निरज सिंह, सर्जन डा.मनोज गुप्ता, बरिष्ठ चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ एवं जेनरल फिजिसियन डा.सुमन प्रसाद, बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी गुप्ता, यौन तथा छाला रोग विशेषज्ञ डा.आरपी जैसवाल, डा. मनिष प्रधान लगायतले शिविरमा चेकजाँच गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!