बैतडी, १० मंसिर । बैतडीको सुर्नाया गाउँपालिका–८ शिखरपुरकी ११४ वर्षीया बृदा पशुपति साँउदले भुमिराज मावि ढोल्य मतदान केन्द्रबाट मतदान गरेकी छन् । आइतबार बिहान उनलाई आफन्तले बोकेर मतदान केन्द्र ल्याएका हुन् ।

Advertisement

यस्तै वीरेन्द्र मावि शाहीलेक  ‘क’ केन्द्रमा ९१ वर्षीया देवु देवीले पनि मतदान गरेकी छन् । दशरथचन्द नगरपालिका–४ की देवीलाई गाडीमा मतदानस्थलसम्म पु¥याएको मतदान अधिकृत प्रविण शाहले बताए ।

प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा आज बिहानदेखि शान्तिपुर्णरुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

जिल्लामा १ सय २० मतदानस्थलमा १ सय ८२ मतदान केन्द्र रहेका छन् । एक लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!