ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ ।

Advertisement

आज विहान मतदान सुरु भैसकेपछि आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङस्थित आठराई त्रिबेणी गाउपालिकाको सरस्वती मावि मतदान केन्द्रनजिकै बम फेला परेको होे ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि मतदान सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुासर सरस्वती मावि मतदान केन्द्र नजिकै बम फेलापरेपछि केहीबेर मतदान स्थगित भएपनि साढे ११ बजेबाट सुरु भएको छ । ताप्लेजुङ प्रहरीका अनुसार जिल्लाका अरु मतदान केन्द्रमा भने शान्तिपुर्ण मतदान भैरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!