२०७४ मंसिर १५ गते शुक्रबारको राशिफल
वि.सं. २०७४ साल मंसिर १५ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर १ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– त्रयोदशी, २६:१३ बजेउप्रान्त चतुर्दशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप...

























