सुनसरी, १४ मंसिर । सुनसरीको इटहरी उपमहानगरपालिका–९ भलाद्मीटोलमा बिहीबार अज्ञात समुहले गराएको बम विस्फोटमा परी एक नाबालकसहित ३ जना घाइते भएका छन्। घाइते हुनेमा धनबहादुर श्रेष्ठ, समृना अधिकारी र एक वर्षिय बालक यौवन न्यौपाने रहेका छन्।

घाइतेमध्ये बालकको अवस्था गम्भीर रहेको र तीनै जनाको अहिले धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभाको मन्च नजिकै दिउँसो १२ बजे सुतली बम विस्फोट भएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!