काठमाडौं, १४ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा अष्ट्रेलियन डलर (ए.यु.डि) खाता खोली अष्ट्रेलियन डलरको कारोबार सञ्चालन गरेको छ।

अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मध्येनजर गरी बैंकले मंगलबारबाट अष्ट्रेलियन डलर कारोबार सुरु गरेको हो। यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई बैकिंङ कारोबार गर्न सहज हुने बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले बताए। बैंकले अन्य देशमा पनि सटही सुविधा विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!