बोस्नियाको गृहयुद्धमा मानव अधिकार उलंघनको अभियोगमा युद्ध अपराधको मुद्दा खेपिरहेका एक पूर्व सैनिक अधिकारीले संयुक्त राष्ट्रसंघको अदालतमा सुनुवाइका क्रममा विष सेवन गरेर आत्महत्या गरेका छन्।

Advertisement

बोस्नियामा सन् १९९२ देखि ९५ सम्म चलेको गृहयुद्धमा दोषी ठहर गरिएका युद्ध अपराधी पूर्व सैन्य कमान्डर स्लोबोदान प्रालिएकले मुद्दाको सुनुवाइको क्रममा बुधबार विष सेवन गरेर आत्महत्या गरेका हुन्।

स्लोबोदानले संयुक्त राष्ट्रसंघीय अदालत हेगमा चलिरहेको मुद्दाको अन्तिम सुनुवाइका क्रममा अदालतभित्र विष पिएका थिए।

उनले आफूविरुद्धको २० वर्षको जेल सजाय यथावत राखेको फैसला न्यायाधीशले पढ्ने बित्तिकै आफू बसेको कुर्सीबाट उठेर उक्त फैसला अस्वीकार गर्दै कोटको खल्तीबाट विष राखेको बट्टा निकालेका थिए र ‘म अपराधी होइन, तपाईको फैसला अस्वीकार गर्छु’ भन्दै विष पिएका थिए। त्यसपछि न्यायाधीशले सुनुवाइ रोके।

स्लोबोदानलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो। ७२ वर्षीय प्रालिएकको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई सन् २०१३ मा उक्त अपराधका लागि २० वर्ष जेल सजाय सुनाइएको थियो।

जसको पुनरावलोकनमा अन्तिम फैसला बुधबार सुनाइदै थियो। स्लोबोदानसँगै बोस्नियाका अन्य ५ सैनिक तथा राजनीतिक नेताहरुलाई पनि युद्ध अपराधमा मुद्दा चलिरहेको थियो।

बोस्नियामा ११ महिना चलेको रक्तपातपूर्ण युद्धमा क्रोएट र मुस्लिम समुदायका एक लाख भन्दा बढीको मृत्यु भएको थियो भने बिसौं लाख विस्थापित भएका थिए।

स्लोबोदानलाई मोस्टार सहरमा भएको भनिएको युद्ध अपराधका लागि जिम्मेवार बनाइएको हो। संयुक्त राष्ट्रसंघको युद्ध अपराध इजलासका अनुसार सन् १९९३ मा स्लोबोदानले सैनिक जवानहरुले मुस्लिम समुदायका मानिसहरुलाई प्रोजोर शहरमा ल्याइरहेको थाहा पाउदा पनि रोक्ने कुनै प्रयास गरेका थिएनन्।

उनीविरुद्ध मुस्लिमहरुको हत्या, अन्तर्राष्ट्रिय संस्थाहरुमाथि हमला र मस्जिद तथा पुलहरुलाई भत्काएर सहरबाट मुस्लिम समुदायलाई हटाउने र क्रोएट समुदायलाई कब्जा जमाउन दिने योजना बनाएको अभियोग थियो।एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!