धनकुटा, १४ मंसिर । बाम गठबन्धनको तर्फबाट धनकुटा क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमणी पराजुलीले आफु बिजयी भएपछि धनकुटालाई प्रादेशिक राजधानी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन ।
धनकुटाको लेगुवा, चानुवा लगायत स्थानमा भएको बाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै पराजुलीले यस्तो बताएका हुन ।
प्रदेशसभाको बहुमतले प्रदेशको राजधानी तोक्ने भएकाले बाम गठबन्धनको जितले मात्र प्रदेशको राजधानी धनकुटा बनाउँन सम्भव हुँने उनको भनाई छ ।
वाम गठबन्धनले महालक्ष्मी नगरपालिकाको चानुवा र लेगुवा क्षेत्रका ६ स्थानमा चुनावी सभा गरिएको जनाएको छ । यसैवीच आज महालक्ष्मी नगरपालिकाको जितपुरमा बाम गठबन्धनको चुनावी सभा छ ।
यो पनि पढ्नुहोस्…