संगालोखबर सम्वाददाता

धनकुटा, १४ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिंदै जाँदा वाम गठबन्धनले धनकुटामा चुनावी गतिविधिलाई तिब्रता दिइरहेको छ । यसैक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राई लगायत नेताको उपस्थितिमा जिल्लाको चानुवा र लेगुवामा चुनावी सभा सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार राईले लेगुवाका लालपूर्जा बिहिन वस्तिलाई लालपूर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।

निर्वाचनपछि बन्ने वाम गठबन्धन नेतृत्वको सरकारले भूमिहिन नागरिकलाई राहत दिने राईको दावी छ ।

महादेव गुठीमा वर्षौदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका स्थानीयलाई लालपूर्जा वितरण प्रक्रियामा आफु डटेर लाग्ने राईले बताएका छन । लेगुवाको महादेव गुठीको नाममा रहेको हजारौ रोपनी जग्गामा सयौ मानिस बसोबास गर्दै आएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!