काठमाडौँ, १४ मंसिर । सर्वोच्च अदालतले १३ महिना अगाडि उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूको नियुक्तीको संवैधानिकताको अन्तिम परीक्षण आज गर्ने  भएको छ।

Advertisement

सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको पूर्ण इजलासले सो को लागि १०ः३० बजेदेखि सुनुवाई तय गरेको हो । सर्वोच्च अदालतको दैनिक पेशीसूचीमा उक्त मुद्दा आज एकै नम्बरमा राखी सुनुवाइ तय गरेको हो।

तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ती ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले  तोकेको कार्यविधि तथा न्यायपरिषदका सदस्यहरूलाई समेत छलेर माओवादीका नेता वर्षमान पुनको प्रत्यक्ष दवावमा नियुक्त गरिएको भन्दै चरम असन्तुष्टि व्यक्त गरेको थियो।

सो नियुक्तिलाई चुनौती दिँदै नायव महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेल, अधिवक्ताहरू तोयानाथ ढुंगाना, शुरेन्द्रप्रसाद यादव, डिलहरी शर्मा र जिल्ला न्यायधीस प्रकासकुमार काफ्ले समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

न्यायपरिषद सदस्यहरू वैधनाथ उपाध्याय र रामप्रसाद सिटौलाले आफूहरूलाई छक्काएर बैठकबाट बाहिरिने वातावरण बनाइ नियुक्त गरिएको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरिसकेका छन्।

सार्वजनिक रुपमै चर्चा र चासोको विषय बन्दै आएको उक्त नियुक्तिका सम्बन्धमा प्रधानन्यायधीश गोपाल पराजुलीले समेत प्रधानन्यायधीस तथा न्यायपरिषदको अध्यक्षको हैसियतल विधि प्रक्रिया र स्वतन्त्र न्यायपालिकाको अवधारणा बमोजिम निर्णय हुन आफ्नो लिखित जवाफ पेश गरिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!