कैलाली, १४ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिकाकी वडा नम्बर- १ लम्कीस्थित टीकापुर रोडमा रहेको आफ्नै घरको कम्पाउण्डभित्र पार्किङ गरी राखेको गाडीमा बिहीबार बिहान करिब साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

Advertisement

उपमेयरले प्रयोग गर्ने  बा१६च ६८९९  नम्बरको निजी जीपको अगाडिको भाग पूरै जलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेकपा एमालेबाट स्थानीय निर्वाचनमा निर्वाचित थापाका श्रीमान रतनबहादुर थापा वाम गठबन्धनबाट कैलाली- २ (२) मा प्रदेशसभा सदस्यका उम्मेदवार छन्। थापा एमालेका जिल्ला उपाध्यक्षसमेत हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!