- संगालोखबर सम्वाददाता

धनकुटा, १४ मंसिर । धनकुटामा आज नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पक्राउ परेका छन । नेकपाका जिल्ला सदस्य शुक्रबहादुर राईलाई गुँरासेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता कार्यकर्ताको संख्या १४ पुगेको छ ।

नेकपाका जिल्ला ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित १४ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन । निर्वाचन प्रभावित पार्न बिभिन्न गतिबिधि गर्दै आएकाले नेकपाका नेता–कार्यकर्तामाथी निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!