संगालोखबर सम्वाददाता

सुनसरी । नोबेल शिक्षण अस्पतालले इटहरीको तालतलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय इन्खा एकीकृत अस्पताल प्रा.लि. र तालतलैया युवा क्लवसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार १ सय २७ जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २०२ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १२३ जनाको मुटुको जाँच इसीजी गरिएको छ ।

दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ । शिविरमा इटहरीका बिभिन्न स्थानबाट विरामीहरु उपचारका लागि आएका थिए ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेल शिक्षण अस्पतालले यसअघि पनि पूर्वी नेपालका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट बिपन्न बर्गका विरामीहरुलाई फाइदा पुग्ने भएकाले स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालन डा.सुनिल शर्मा बताउँछन् ।

डा.शर्मा अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!