धनकुटाबाट नक्कली परीक्षार्थी पक्राउ
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसबाट तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–५ का २८ बर्षीय सौहार्द राई, उदयपुरको बेलका नगरपालिका–७ का २२ बर्षीय योगेन्द्र राई र ३२ बर्षीय निशान राई छन् ।
शनिवार क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । योगेन्द्र राईको ...



























