पाँचथरमा चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ
विराटनगर । पाँचथरमा अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले पक्राउ गरेको हो ।
वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिट गर्दा बालकको ढाडभरि नीलडाम र चोट छ ।
...































