इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ
विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ ।
माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थि...
























