धनकुटामा बाम गठबन्धनले बढाउँदै मतान्तर, चार हजार बढीले ‘लिड’

धनकुटामा बाम गठबन्धनले बढाउँदै मतान्तर, चार हजार बढीले ‘लिड’

धनकुटा, २३ मंसिर । धनकुटामा बाम गठबन्धनको अग्रता बढ्दै गएको छ । प्रतिनिधि र दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै गएका हुन । राति २ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राईले २ हजार २ सय ८४ मतान्तरले अग्रता लिएका छन । राईले ८ हजार ५ सय ४१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप...
धनकुटा प्रदेशसभाको प्रारम्भिक मत परिणामः दुवै तर्फ बाम गठबन्धनको सुरुवाती अग्रता

धनकुटा प्रदेशसभाको प्रारम्भिक मत परिणामः दुवै तर्फ बाम गठबन्धनको सुरुवाती अग्रता

धनकुटा, २२ मंसिर । धनकुटामा प्रदेशसभा तर्फ दुवै क्षेत्रमा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ । प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका निरन राई र प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीले सुरुवाती अग्रता लिएका छन । एमालेका राईले ४ सय ६२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट काग्रेसका मनोहर नारायण श्रेष्ठले ३ सय ८२ मत प्राप...
धनकुटामा मतगणना सुरु, राजेन्द्रको सुरुवाती अग्रता

धनकुटामा मतगणना सुरु, राजेन्द्रको सुरुवाती अग्रता

धनकुटा, २२ मंसिर । धनकुटामा कडा सुरक्षाकावीच आज दिउँसोबाट मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजे गणना सुरु गर्ने निर्णय गरेको भएपनि दलका प्रतिनिधिहरु भेला हुँन ढिलाई भएपछि करिव दुई बजेबाट गणना थालिएको हो । कडा सुरक्षाकावीच तारजाली भित्र मतगणना भईरहेको छ । दलका प्रतिनिधि लगायत मतगणना स्थलमा प्रवेश गर्दा सुरक्षा चेकजाचमा कडाई गरिएको छ । चार भागमा कर्मचारी खटाएर गणना गरिएकाले भोली सा...
प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

प्रदेश नम्बर १ मतगणना अपडेट : सातै जिल्लामा वाम गठबन्धनको वर्चस्व

काठमाडौं, २२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका प्रदेश नं १ का सवै पहाडी ७ जिल्लामा भएको मतगणनामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा रहेका सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङगा ताप्लेजुङ, पाँचथर  र खोटाङका प्रतिनिधिसभा सदस्य पदका बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् । सोलुखुम्बुमा बाम गठबन्धनका तर्फबाछ माओवादी केन्द्रका हेमकुमार राईले ७७३८ मत ल्याउँदा कांग्रे...
मोरङमा सुरु भयो मतगणना, तीन ठाउँबाट यसरी गनिदैछ भोट

मोरङमा सुरु भयो मतगणना, तीन ठाउँबाट यसरी गनिदैछ भोट

विराटनगर, २२ मंसिर । सर्वदलीय बैठकपछि मोरङमा शुक्रबार ११ बजेदेखि  मतगणना सुरु भएको छ। अहिले मोरङको क्षेत्र नम्बर ३ र ६ को मतगणना सुरु भएको छ। सो निर्वाचन क्षेत्रको मत गणना तीन ठाउँमा सुरु गरिएको मोरङका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। उनका अनुसार केही समयपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत गणना हुने बताए। मोरङमा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ७२ प्रतिशत मत ...
पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने

पाँचथर, २२ मंसिर । पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शुरुदेखि नै कांग्रेस नेता भीष्मराज आङदम्बेलाई पछि पारेका नेम्वाङ पछिल्लो गणनामा २ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो गणना अनुसार नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका आङदम्बेले ६६७७ मत पाएका छन् । पाँचथरमा प्रतिनिधसभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र...
भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

  भोजपुर, २२ मंसिर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ । यहाँ वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ अगाडि छन् । प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्म...
धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटामा मतगणना सुरु गर्न ढिलाई

धनकुटा, २२ मंसिर । धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि दलहरुले समय मागेपछि केहि ढिलाई हुँने भएको हो । बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् । ‘अलिक अगाडीनै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ ।’ मुख्य निर्वाचन अधिकृत पोख्रेलले ...
खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङमा बाम गठबन्धन अगाडि

खोटाङ, २२ मंसिर । खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ७ बजेसम्ममा अग्रता बढाएको छ । बिहान साँढे ७ बजेको परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन(एमाले)का बिशाल भट्टराईले ७ हजार ९ सय ७३र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार १ सय ७५मत प्राप्त गरेका छन् । गत मंसिर १...
पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

पाँचथर, २२ मंसिर । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ । पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्...
धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटाका सवै मतपेटिका सदरमुकाम आईपुग्यो, १० बजेदेखि मतगणना सुरु गर्ने तयारी

धनकुटा, २२ मंसिर । धनकुटाका सवै मतपेटिका गएराति सदरमुकाम ल्याईएको छ । बिहिबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालिएको थियो । राति २ बजेसम्ममा धनकुटाको १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम आईपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार बिहान ८ बजेबाट सर्वदलिय बैठक बस्दैछ । त्यसपश्चात करिव ...
धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटामा मतपेटिका संकलन कार्य जारी, सुक्रवारदेखि मतगणना सुरु हुँने

धनकुटा, २१ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भएपश्चात बिहिबार साँझबाट धनकुटामा मतपेटिका संकलनको क्रम चलिरहेको छ । राति करिव १० बजेसम्ममा धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको मतपेटिका संकलन भईसकेको छ । ३५ भन्दा बढी मतदान केन्द्रको मतपेटिका संकलन भएको हो । दुर्गम क्षेत्रका मतपेटिका मध्य रातिसम्ममा सदरमुकाम ल्याइसकिने अनुमान रहेको मुख्य निर्वाचन अ...
मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

मतदानपछि ओलीले भनेः कसले बम पड्काएको भन्ने थाहा नपाउने बिचित्रको छ सरकार!

काठमाण्डौ, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ मा मतदान गरेका छन्। विहीबार अपरान्ह झापाबाट काठमाडौं आएका ओलीले भक्तपुर–२ मा पर्ने बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्। पूर्व सभामुख दमननाथ ढुङ्गाना कांग्रेस उम्मेदवार रहेको सो क्षेत्रमा एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धी छन्। स्थानीय तह निर्वाचनमा पनि ओलीले यहीँबाट मतदान गरेका थिए। ओली आफैं भने झापा–५ मा उम...
निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

निर्वाचनपछि देशमा विकासको मूल फुट्छः खनाल

इलाम, २१ मंसिर । इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् ।  आज बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान गरेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भनेको आज हुँदै गरेको निर्वाचन भएको बताए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनप...
धनकुटाको थलथलेमा मतदान केन्द्र नजिक बम बिस्फोट

धनकुटाको थलथलेमा मतदान केन्द्र नजिक बम बिस्फोट

धनकुटा, २१ मंसिर । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । मतदान केन्द्रबाट करिव ५ सय मिटर टाढा बम बिस्फोट भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । घटनापश्चात प्रमुख जिल्ला अधिकारी उप्रेतिसहितको टोली घटनास्थल गएको छ । बिस्फोटबाट मानवीय क्षति नभएपनि सो क्षेत्रका मतदाता त्रसित भएका छन । मतदान केन्द...
खोटाङमा चितुवा आतंक: दर्जनौँ खसीबाख्रा मारिए

खोटाङमा चितुवा आतंक: दर्जनौँ खसीबाख्रा मारिए

  खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मा...
धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)

धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)

धनकुटा, २१ मंसिर । धनकुटामा पनि आज शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् । धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । बिहानै देखि मतद...
मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

मतदानपछि सुवास नेम्वाङले भने– अब मुलुकले फड्को मार्‍यो

इलाम, २१ मंसिर । पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् । इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’ सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ...
धनकुटामा मतदानको सवै तयारी पुरा

धनकुटामा मतदानको सवै तयारी पुरा

धनकुटा, २० मंसिर । बिहिबार हुँने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा सवै तयारी पुरा भएको छ । मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धनकुटामा १ सय १७ मतदान स्थलमा १ सय ५३ मतदान केन्द्र तयार गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पोडेलले संगालोखबरलाई बताएका छन । उनका अनुसार करिव ६५ प्रतिसत मतदाता परिचयपत्र पनि वितरण भईसकेको छ । ...
इलाममा किबी फलको उत्पादन घट्यो

इलाममा किबी फलको उत्पादन घट्यो

इलाम, २० मंसिर । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन्। अहिले फल टिपाइ शुरू भएको छ। बिक्रीका लागि बजारसम्म पुर्‍याउनु पर्ने भएकाले उनलाई अन्य काम भ्याउनै मुस्किल छ। उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लागेका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगे...
पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

झापा, २० मंसिर । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं २ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला छन् । नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल...
उद्योग वाणिज्य संघ खोटाङले २४ थरिका उपभोग्य वस्तुको मूल्य घटायो

उद्योग वाणिज्य संघ खोटाङले २४ थरिका उपभोग्य वस्तुको मूल्य घटायो

खोटाङ, २० मंसिर । सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य संघ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दूधकोशी नदीमा पक्की पुल बनेलगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको हो । निर्माण कार्य थालिएको नौ वषपछि जयरामघाटस्थित दूधकोशीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्यास, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल,...
धरानमा सेनाले डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले बम टिपेर हिँडेपछि

धरानमा सेनाले डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले बम टिपेर हिँडेपछि

धरान, २० मंसिर । धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त ...
धनकुटामा पैसा बाढ्न गएको भन्दै नगदसहित राप्रपा प्रजातान्त्रिकका वडाध्यक्ष पक्राउ

धनकुटामा पैसा बाढ्न गएको भन्दै नगदसहित राप्रपा प्रजातान्त्रिकका वडाध्यक्ष पक्राउ

धनकुटा, १९ मंसिर । निर्वाचनमा भोट किन्नका लागि गाउँमा पैसा बाढ्न लैजादै गरेको आरोपमा आज साँझ धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का वडाध्यक्ष नगदसहित पक्राउ परेका छन । १ लाख ६९ हजार ५ सय नगदसहित राप्रपा प्रजातान्त्रिक धनकुटा–२ भीरगाउँका वडाध्यक्ष राजकुमार राई पक्राउ परेका हुन । बाम गठबन्धन संबद्ध युवाहरुले धनकुटा–३ कागतेबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन ...
धनकुटामा नेकपाका कार्यकर्ता पक्राउ, जिल्ला ईन्चार्जसहित १५ जना प्रहरी नियन्त्रणमा

धनकुटामा नेकपाका कार्यकर्ता पक्राउ, जिल्ला ईन्चार्जसहित १५ जना प्रहरी नियन्त्रणमा

धनकुटा, १९ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै धनकुटामा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्यलाई पक्राउ गरेको छ । जिल्ला सदस्य राजन कार्कीलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन । योसँगै धनकुटामा नेकपाका जिल्ला ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित १५ जना पक्राउ परेका छन । निर्वाचन प्...
तेह्रथुमको छथरमा एनबि बैकको शाखा स्थापना

तेह्रथुमको छथरमा एनबि बैकको शाखा स्थापना

तेह्रथुम, १९ मंसिर । जिल्लाको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा रहेको छथर सुक्रबारे बजारमा नेपाल बंगालादेश बैकको ५३ औ शाखाको रुपमा स्थापना भएको छ । यहाँ रहेको कृषी बिकास बैक द्धन्द्धकालमा बिस्थापित भए सँगै स्थानीयहरुलाई बैकिङ सेवामा समस्या रहँदै आई रहेको बेला बैक स्थापनाले राहात मिलेको छ । आज एक कार्यक्रमबा बिच प्रमख जिल्ला अधिकारी बेदनिधी खनालले औपचारिक रुपमा उद्धघाटन गर्नु भएको छ । कार्यक्रम...
बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु

भद्रपुर, १८ मंसिर । झापामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको खुदुनाबारीबाट विर्तामोड तर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएको समीरको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको ...
इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी

इलाम, १८ मंसिर । यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिच...
निर्वाचनलाई लक्षित गरी सीमा नाका सिल

निर्वाचनलाई लक्षित गरी सीमा नाका सिल

विराटनगर, १९ मंसिर । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका सिल गरिएको छ । यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराएका छन् । नेपाल र भारतमा हुने गरेक...
हिउँदे बाली सुक्न थालेपछि खोटाङका किसान चिन्तित्

हिउँदे बाली सुक्न थालेपछि खोटाङका किसान चिन्तित्

खोटाङ, १९ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा यसबर्ष पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो । सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहनलगायतका बालीनाली सुक्न थालेको जिष्ट क...
धनकुटामा तामझामका साथ बाम गठबन्धनको घरदैलो (भिडियोसहित)

धनकुटामा तामझामका साथ बाम गठबन्धनको घरदैलो (भिडियोसहित)

धनकुटा, १८ मंसिर । निर्वाचन प्रचारको अन्तिम दिन सोमबार धनकुटा बजारमा बाम गठबन्धनले तामझामका साथ चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ । उम्मेदवारसहित झण्डा र ब्यानर बोकेर सयौको संख्यामा नेता–कार्यकर्ताहरु अभियानमा सहभागि थिए । नौमती बाजासहित नाचगान गर्दै नेता–कार्यकर्ताहरु अभियानमा निश्किएका हुन । स्थानीय मदनचौकबाट सुरु भएको घरदैलो अभियान हुलाकटोल, बीचबजार, भीमनारायण चौक, तल्लोकोप्चे, माथ्ल...
error: Content is protected !!