- रबिन कटेल/संगालोखबर

धनकुटा, १९ मंसिर । निर्वाचनमा भोट किन्नका लागि गाउँमा पैसा बाढ्न लैजादै गरेको आरोपमा आज साँझ धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का वडाध्यक्ष नगदसहित पक्राउ परेका छन । १ लाख ६९ हजार ५ सय नगदसहित राप्रपा प्रजातान्त्रिक धनकुटा–२ भीरगाउँका वडाध्यक्ष राजकुमार राई पक्राउ परेका हुन ।

बाम गठबन्धन संबद्ध युवाहरुले धनकुटा–३ कागतेबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन । मौन अवधिमा मतदातालाई पैसा बाढेर भोट किन्न लागेको थाहा पाएर उनलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाईएको बाम गठबन्धन युवा परिचालन समितिका नगर संयोजक मनोज राईले संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement
नगदसहित पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका वडाध्यक्ष राई ।

‘गाउँमा पैसा बाढ्न लागेको थाहा पाएपछि हामीले उनलाई दिउँसो देखिनै पच्छाई रहेका थियौ ।’ संगालोकर्मीसँग राईले भने ‘धनकुटाबाट पैसा लिएर गाउँ गएपछि हामीले उनलाई पक्रिएर प्रहरीमा बुझाएका हौ ।’ धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले घटनाको बिषयमा अनुसन्धान भईरहेको बताएका छन ।

निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै पैसाको भरमा चुनाव जित्नका लागि गरिव जनतालाई आर्थिक प्रलोभनमा पारी उनीहरुको भविश्यमाथी खेलवाड गर्न लागेकाले पक्राउ गर्नुपरेको एमाले सचिवालय सदस्य अर्जुन राईले बताएका छन ।

धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापा र बाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई उम्मेदवार छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!