- संगालोखबर सम्वाददाता

धनकुटा, २१ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भएपश्चात बिहिबार साँझबाट धनकुटामा मतपेटिका संकलनको क्रम चलिरहेको छ ।

राति करिव १० बजेसम्ममा धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको मतपेटिका संकलन भईसकेको छ । ३५ भन्दा बढी मतदान केन्द्रको मतपेटिका संकलन भएको हो ।

Advertisement

दुर्गम क्षेत्रका मतपेटिका मध्य रातिसम्ममा सदरमुकाम ल्याइसकिने अनुमान रहेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिएका छन । कडा सुरक्षाकाबीच मतपेटिका सदरमुकाम ल्याईदैछ ।

सुक्रवार बिहान सर्वदलिय बैठक बसेर मतगणना कार्य सुरु गरिने जनाईएको छ । जिल्लामा १५३ मतदान केन्द्र छन् । सदरमुकामस्थित सामुदायिक भवनमा मतगणना हुने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!