तेह्रथुम, १९ मंसिर । जिल्लाको पश्चिमी क्षेत्रको केन्द्रको रुपमा रहेको छथर सुक्रबारे बजारमा नेपाल बंगालादेश बैकको ५३ औ शाखाको रुपमा स्थापना भएको छ ।

Advertisement

यहाँ रहेको कृषी बिकास बैक द्धन्द्धकालमा बिस्थापित भए सँगै स्थानीयहरुलाई बैकिङ सेवामा समस्या रहँदै आई रहेको बेला बैक स्थापनाले राहात मिलेको छ । आज एक कार्यक्रमबा बिच प्रमख जिल्ला अधिकारी बेदनिधी खनालले औपचारिक रुपमा उद्धघाटन गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्र्रमुख जिल्ला अधिकारीले बैक स्थापनाले जिल्लाको छथर क्षेत्रका स्थानीयका साथै छिमेकी गाउँलाई समेत राहात पुगेको बताउनु भयो ।

बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर ढुङगानाले बैकबाट दिने सम्पुर्ण सेवा अब यही शाखाबाट स्थानीयहरुलाई प्रदान गर्ने बताउनु भयो ।

बैकको उद्धघाटन कार्यक्रमका नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य उद्धब तिम्सीना, सुक्रबारे बजार ब्याबश्थापन समितीका अध्यक्ष नारायण सुब्बा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

बैक अभाबका कारण यहाँका स्थानीयबासीहरु बैकिङ सेवामा लागी जिल्ला सदरमुकाम म्याङलुङ र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानहरुबाट सेवा लिनु पर्ने बाध्यता रहँदै आएको थियो ।

बैकको उद्धघाटन सँगै स्थानीय ८० जनाले खाता सञ्चालनका लागी खाता आजै खोलेको बैकले जनाएको छ । बैकले खाता सञ्चालन एटियम कार्ड रेमिटान्स छरीएर रहेको निक्षेप संकलनका साथै कर्जा प्रबाह लगायतका सेवा दिने भएको छ ।

स्थानीय तहको रुपमा छथर गाउँपालिकाको रुपमा बिकास भए पछि बिभीन्न सरकारी कार्यालयहरु स्थापना हुने क्रम बढ्न थालेको छ । उद्धघाटन कार्यक्रम बैक सञ्चालक ईन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  जिल्लामा २ बर्ष अघि मात्र बैकले आठराईमा शाखा स्थापना गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!