- रबिन कटेल/संगालोखबर

धनकुटा, २२ मंसिर । धनकुटामा कडा सुरक्षाकावीच आज दिउँसोबाट मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजे गणना सुरु गर्ने निर्णय गरेको भएपनि दलका प्रतिनिधिहरु भेला हुँन ढिलाई भएपछि करिव दुई बजेबाट गणना थालिएको हो ।

कडा सुरक्षाकावीच तारजाली भित्र मतगणना भईरहेको छ । दलका प्रतिनिधि लगायत मतगणना स्थलमा प्रवेश गर्दा सुरक्षा चेकजाचमा कडाई गरिएको छ ।

चार भागमा कर्मचारी खटाएर गणना गरिएकाले भोली साँझसम्ममा मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिएका छन ।

राजेन्द्र राईको अग्रता
मतगणना सुरु भएपश्चात पहिलो पल्ट मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता लिएका छन ।

७ सय ११ मत गन्दा राईले ३ सय ४३ मत प्राप्त गरेका छन । यता लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले २ सय ९६ मत प्राप्त गरेका छन ।

५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!