काठमाण्डौ, २१ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ मा मतदान गरेका छन्। विहीबार अपरान्ह झापाबाट काठमाडौं आएका ओलीले भक्तपुर–२ मा पर्ने बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्।

Advertisement

पूर्व सभामुख दमननाथ ढुङ्गाना कांग्रेस उम्मेदवार रहेको सो क्षेत्रमा एमालेका युवा नेता महेश बस्नेत प्रतिस्पर्धी छन्। स्थानीय तह निर्वाचनमा पनि ओलीले यहीँबाट मतदान गरेका थिए। ओली आफैं भने झापा–५ मा उम्मेदवार छन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै ओलीले वामगठबन्धनको बहुमत आउने दावी गरे। ‘एमाले एक्लैले सामान्य बहुमत ल्याउने स्थिति थियो’ ओलीले भने, एमाले–माओवादी केन्द्र मिलेपछि त झन् सहज स्थिति छ।’

सरकारले नचाहँदानचाहँदै निर्वाचन भएको दावी गर्दै ओलीले देशैभरि बम बिस्फोटनको घटना हुँदापनि सरकारले थाहा नपाउनु आश्चर्यजनक घटना भएको बताए। ओलीले भने, ‘सयौँ बम पड्के, कसले पड्कायो भन्ने एउटा सूचना छैन। यस्तो विचित्रको छ सरकार।’

‘जे होस्, चुनाव सम्पन्न भएको छ, मुलुकमा स्थायित्व आउने कुरामा म आशावादी छु’ ओलीले थपे, त्यसपछि मुलुकमा स्थिरता पनि आउँछ। चुनाव लगत्तै एमाले–माओवादी केन्द्रबीच एकता हुने कुरापनि ओलीले दोहो¥याए। भने, ‘चुनाव लगत्तै भनेको तुरुन्तै हुन्छ भनेको हो।’

ओली दिनभर झापा–५ को दमकस्थित आफ्नो निवासमा थिए। झापामा रहेपनि उनी कुनै मतदान केन्द्रमा गएनन्। ओलीका प्रेस संयोजक चेतन अधिकारीले नेपालखबरसँग भने, ‘देशभरिको रिपोर्टिङ सुन्ने र तदनुरुप निर्देशन दिने योजना अनुसार उहाँ निवासमै रहनु भएको हो।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!