- संगालोखबर सम्वाददाता

धनकुटा, २२ मंसिर । धनकुटाका सवै मतपेटिका गएराति सदरमुकाम ल्याईएको छ । बिहिबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालिएको थियो ।

Advertisement

राति २ बजेसम्ममा धनकुटाको १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम आईपुगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार बिहान ८ बजेबाट सर्वदलिय बैठक बस्दैछ ।

त्यसपश्चात करिव १० बजेबाट मतगणना सुरु गर्ने तयारी रहेको सूचना अधिकारी पौडेलले बताएका छन् । मतगणनाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको छ । धनकुटाको सामुदायिक भवनमा मतगणना हुँनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!