- संगालोखबर सम्वाददाता

धनकुटा, २२ मंसिर । धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि दलहरुले समय मागेपछि केहि ढिलाई हुँने भएको हो ।

बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

‘अलिक अगाडीनै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ ।’ मुख्य निर्वाचन अधिकृत पोख्रेलले भने ‘सर्वदलीय बैठकमा दलहरुले समय माग गरेकाले अलिक ढिला गरी सुरु हुने भयो ।’

मतगणनामा खटिने दलका प्रतिनिधिलाई गणना सम्बन्धी थप जानकारी गराउँनका लागि राजनीतिक दलले समय माग गरेको बताईएको छ । निर्धारित समयमै मतगणना सुरु गर्नका लागि दलका प्रतिनिधिहरुलाई साँढे १२ बजेनै मतगणना स्थलमा बोलाईएको छ ।

धनकुटाको सामुदायिक भवनमा मतगणनाका लागि आवश्यक अन्य तयारी भने पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बुधबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान सकिएपछि साँझबाटनै मतपेटिका ओसार्न थालेर राति २ बजेसम्ममा धनकुटाका १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम ल्याईएको छ ।

मतपरिणामका बिषयमा संगालोखबरले नियमित अपडेट गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!