खोटाङ, २२ मंसिर । खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ७ बजेसम्ममा अग्रता बढाएको छ ।
बिहान साँढे ७ बजेको परिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन(एमाले)का बिशाल भट्टराईले ७ हजार ९ सय ७३र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ५ हजार १ सय ७५मत प्राप्त गरेका छन् ।
गत मंसिर १० गते सम्पन्न मतदानबाट प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले २ हजार ५ सय ७६लिएकोमा वाम गठबन्धन (एमाले) का राजन राईले ४ हजार ३७ पाएका छन् ।
यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले २ हजार ३ सय २८ र वाम गठबन्धन (माओबादी केन्द्र)का रामकुमार राईले ४ हजार २ सय ७० मत ल्याउँदै अग्रता कामय गरेका छन् ।