- रबिन कटेल/संगालोखबर

धनकुटा, २३ मंसिर । धनकुटामा बाम गठबन्धनको अग्रता बढ्दै गएको छ । प्रतिनिधि र दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै गएका हुन ।
राति २ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र राईले २ हजार २ सय ८४ मतान्तरले अग्रता लिएका छन ।

प्रतिनिधि सभाका मुख्य प्रतिस्प्रधी राजेन्द्र राई र सुनिलबहादुर थापा ।

राईले ८ हजार ५ सय ४१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले ६ हजार २ सय ५७ मत पाएका छन ।
सुरुवात देखिनै बाम उम्मेदवार राईले निरन्तर रुपमा अग्रता कायम गरी मतान्तर बढाउँदै लगेका हुन ।

Advertisement

चार हजार बढीले ईन्द्रमणीको ‘लिड’

ईन्द्रमणी पराजुली र अर्जुनबहादुर थापा ।

प्रदेशसभा धनकुटा क्षेत्र ख तर्फ बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीको मतान्तर सवैभन्दा बढी छ । राति २ बजेसम्मको मत परिणाम अनुसार पराजुलीले ४ हजार ५६ मतान्तरले अग्रता लिएका छन ।
पराजुलीले ६ हजार ९ सय ३९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले २ हजार ८ सय ८३ मत प्राप्त गरेका छन । पराजुलीले सुरुवात देखिनै फराकिलो मतान्तरले अग्रता लिदै आएका छन ।

२३ सयले निरनको अग्रता

निरन राई र मनोहर नारायण श्रेष्ठ ।

प्रदेशसभा धनकुटा क्षेत्र क तर्फ बाम गठबन्धनका उम्मेदवार निरन राईले अग्रता कायम गरेका छन । राति २ बजे सम्मको मत परिणाम अनुसार २ हजार ३ सय ८५ मतान्तरसहित राईले अग्रता लिएका हुन ।

उनले ६ हजार ९ सय ५९ मत पाएका छन । निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट काग्रेसका मनोहरनारायण श्रेष्ठले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन । मत सार्वजनिक हुँदा एक पटक बाहेक नियमित रुपमा बाम उम्मेदवार राईको अग्रता छ ।

धनकुटामा कडा सुरक्षाकावीच शुक्रवार दिउँसोबाट मतगणना थालिएको हो । चार भागमा कर्मचारी खटाएर गणना भईरहेकाले शनिवार साँझसम्ममा मतपरिणाम आईसक्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन ।

मत परिणाम सार्वजनिक हुँनासाथ संगालोखबरले नियमित रुपमा मत अपडेट गर्दै आएको छ । ताजा मत अपडेटका लागि  https://sangalokhabar.com/ हेर्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!