- संगालोखबर सम्वाददाता

धनकुटा, २२ मंसिर । धनकुटामा प्रदेशसभा तर्फ दुवै क्षेत्रमा बाम गठबन्धनले सुरुवाती अग्रता लिएको छ । प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका निरन राई र प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीले सुरुवाती अग्रता लिएका छन ।

एमालेका राईले ४ सय ६२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट काग्रेसका मनोहर नारायण श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेका छन । ९ सय ६८ मत गन्दा ५९ मत बदर भएको छ ।

Advertisement

यता प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका ईन्द्रमणी पराजुलीले ५ सय ८९ मतसहित सुरुवाती अग्रता लिएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका अर्जुन थापाले २ सय ४५ मत प्राप्त गरेका छन । ९ सय ९७ मत गन्दा ३० मत बदर भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!