धनकुटाकी नव गायिका राईको ‘जुनी’ विमोचन
काठमाण्डौं, १९ पुस । धनकुटाकी नव गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतले एल्बम सार्वजनिक गरे ।
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा ...































