संगालोखबर संवाददाता

उदयपुर, १५ पुस । उदयपुरमा पहिलो पटक अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने भएको छ । नेपाल सरकार तथा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकममार्फत निर्माणाधिन भवनका लागि जापान सरकारसँग सम्झौता भएसँगै अस्पताल बन्ने निश्चित भएको हो ।

Advertisement

भवन निर्माणका लागि नेपाल नेत्रज्योती संघ उदयपुरका सभापति भागवत राउत र नेपालका लागि जापानी राजदूत मासामिची साईगोबीच सम्झौता भएको छ । सो कालागि ८१ हजार एक सय ९२ अमेरिकी डलर रकम रहेको संघका सभापति राउतले जानकारी गराए । जसको पछिल्लो बिनिमय दरअनुसार ९० लाख ५० हजार नेपाली रुपैयाँ हुनआउछ ।

आँखा अस्पताल तथा भवन निर्माणसम्बन्धी जानकारी गराउन आईतबार केन्द्रले प्रेस विज्ञप्ती जारी गरेको थियो । जारी विज्ञप्तीमा सम्झौतासँगै तोकिएकै अवधिभित्र भवन निर्माण भएपछि आँखा रोगसम्बन्धी सम्पूर्ण साना ठूला शल्यक्रिया समेत सञ्चालन हुने गरी प्राबिधिक तथा भौतिक तयारी थालिएको उल्लेख छ ।

त्रियुगा नगरपालिकास्थित बाँसबारीमा निर्माणाधिन भवनका लागि तत्कालिन सभासद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४० लाख र नेपाल सरकारबाट ५० लाख रकम सञ्चालनरत छ । आफ्नै सुविधासम्पन्न भवन निर्माणभएपछि शारीरिक रुपमा अशक्त, महिला तथा बालबालिकामैत्री बनाइने सभापति राउतले बताए ।

उदयपुरमा नेत्रज्योती संघ २०६० सालमा स्थापना भएको थियो । सन् २००८ सालमा सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा उपचार केन्द्र सञ्चालनमा आएको थियो । सोही समयदेखि हालसम्म गाईघाटमा रहेको सो केन्द्रबाट हालसम्म एक लाख २६ हजार आठ सय ३२ जना बिरामीले उपचार गराइसकेका छन् । त्यस्तै वर्षदिनभित्र जिल्लामै आँखाको सबै प्रकारका शल्यक्रिया गर्ने व्यवस्था सहित काम अगाडि बढाइएको संघ उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement