ईश्वर थापा/संगालोखबर

धनकुटा, ४ पुस । धनकुटामा बुधबार सम्पन्न वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिका वडा नम्बर ७ ले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा धनकुटा १ लाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै ७ नम्बरले उपाधि जितेको हो ।

Advertisement

जितसँगै ७ नम्बर वडाले ३५ हजार नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता धनकुटा १ ले २० हजारमा चित्त बझायो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरबाट टुंग्याईएको हो ।

मुख्यगरी धनकुटा नगरपालिकामा मात्रै बसोबास गर्ने आठपहरिया राईहरुको चाड बढाङमीको अवसरमा किराँत आठपहरिया समाज नेपाल धनकुटाले आयोजना गरेको प्रतियोगितामा धनकुटा नगरका १० वटै वडाका टिम सहभागि थिए ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । विजयी खेलाडीहरुलाई प्रदेशसभा सदस्य निरन राई, आरसि तुम्वा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!