संगालोखबर संवाददाता

धनकुटा, ६ पुस । धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा शुक्रवार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको बैठक बसेको छ । फोहोरको थुप्रोमाथि फुलवारी बनाएर चर्चित बनेको फोहोरमैला व्यवस्थापन केन्द्रमा महासंघको बैठक उद्घाटन गरिएको हो ।

Advertisement

बैठक उद्घाटन कार्यक्रममा एजेन्डा प्रस्तुत गर्दै महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले विधान संशोधन, पोखरामा केन्द्रीय साधारणसभा गर्ने, महासंघको संगठनात्मक र आर्थिक प्रतिवेदन पेश हुने र धनकुटा घोषणापत्र तयार गरिने बताए ।

दुई दिने बैठकको उद्घाटन फोहोरमैला व्यवस्थापन केन्द्रमा गरिएपनि छलफल भने स्थानीय सुरभी होटलको सभाहलमा हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।

पत्रकार महासंघ धनकुटा शाखाले बैठक सुरु हुन अघि बैठकमा सहभागि हुँन आउँने पत्रकारहरुलाई स्वागत गरेको थियो ।

बन्दनालाई गरियो सम्मान

विश्व किर्तिमान बनाउँने महालक्ष्मी नगरपालिकाकी बन्दना नेपाललाई पनि सोहि कार्यक्रममा सम्मान गरियो ।

धनकुटामा जन्मिएर देशको नाम विश्वसामु चिनाएको भन्दै बन्दनालाई सम्मान गरिएको हो । बन्दनाले केहि दिन अघि १ सय २६ घण्टा लगातार नृत्य गरेर विश्व किर्तीमान कायम गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement