संगालोखबर सम्वाददाता

धनकुटा, १ पुस । धनकुटा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा सुमन श्रेष्ठ प्रथम, रमेशचन्द्र अधिकारी द्धतिय र हेमकुमार राई तृतिय भएका छन् ।

Advertisement

श्रेष्ठले ५, अधिकारीले ४ र राईले ३ अंक प्राप्त गरेको आयोजकले जनाएको छ । उनीहरुले अव राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन् । विजयी खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।

फिडे आरविटर विजयकुमार थापा प्रमुख निर्णायक रहेको प्रतियोगितामा २२ खेलाडीवीच प्रतिष्प्रधा भएको थियो । फिडे आरविटर थापाले नेपालमा बुद्धिचाल खेलको लोकप्रियता बढ्दै गएकोले सम्बन्धित निकायले बुद्धिचाल खेलको विकासमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

धनकुटा नगर स्थापनाको ४१ औं वर्षको अवसरमा पहिलो पटक प्रतियोगिता सञ्चालन गरिएको बुद्धिचाल संघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!