संगालोखबर संवाददाता

धनकुटा, १५ पुस । धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभाबाट मन कुमारी तितुङ (तारा) पुनः अध्यक्षमा निर्वाचित भएकी छन् । सधारण सभाले तितुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा वेणी कुमारी खड्का, सचिवमा निर्मला राई र कोषाध्यक्षमा विष्णुमाया कन्दङवा चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा दुर्गा अधिकारी र ऋण समिति संयोजकमा खड्गमाया राई चयन भए ।

साधारण सभा उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले सहकारीले गरिव जनताको हितमा काम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, धनकुटा सहकारीका प्रतिनिधि खेम घिमिरे, राष्ट्रिय सहकारी बैंकका मेनेजर सिद्धिकुमार श्रेष्ठ लगायतले मन्तब्य मार्फत शुभकामना दिए ।

कार्यक्रममा विगत एक वर्षको आय व्यय र भावी योजना प्रस्तुत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement