संगालोखबर संवाददाता

धनकुटा, १४ पुस । धनकुटा नगरपालिका–६ पात्लेमा शनिबार बेलुका ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ६२ वर्षीय गुरुप्रसाद दाहाल छन् ।

Advertisement

धनकुटाबाट बाँस लिएर धरानतर्फ जाँदै गरेको बा.३ ख.६१५१ नम्बरको ट्रक पल्टिदा किचिएर दाहाल गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै छ । चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement