संगालोखबर संवाददाता

धनकुटा, ८ पुस । प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईसहित पूर्व एमालेका नेताहरु सवार गाडी आइतबार पाख्रीवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी सांसद राई, पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम र सरोज राई सामान्य घाईते भएका छन् ।

Advertisement

सांसद राईको दाहिने घुडामा चोट लागेको छ । अन्य नेताहरुको अवस्था पनि सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

पाख्रीवास स्थित मुगा पुगेर धनकुटा बजार फर्कने क्रममा उनीहरु सवार बा.१ झ.५८७१ नम्वरको जीप पाख्रीवास–७ मा दुर्घटना भएको हो ।
जीप सडकबाट करिव ५० मिटर तल खसेको छ ।

सडकबाट जीप उछिट्टिएर चार बल्ड्याङ तल पल्टिएको दुर्घटनामा परेका नेता नैन विश्वकर्माले बताए । ‘गाडी पल्टिएको संझदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।’ उनले भने ‘हैट, धन्न बाचियो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement