- संगालोखबर सम्वाददाता

काठमाण्डौं, १९ पुस । धनकुटाकी नव गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतले एल्बम सार्वजनिक गरे ।

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा कलाकारहरू लाग्नु पर्छ । उनले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको बताए ।

कार्यक्रममा गायिका लोचन भट्टराईले ‘गीत–संगीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति’ भएको धारणा राखिन् । किरात राईका प्रतचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले ‘जुनी’ एल्बमका गीतहरू अब्बल रहेको बताए । उनले लोकजीवन र लोकलयमा आधारित गीत–संगीत कालजयी रहने विचार व्यक्त गरे । गायक तथा संगीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले विमोचित एल्बमका गीतहरूले श्रोताको मन छुने बताए ।

साँघुरी गाउँपालिका–९, धनकुटाकी गायिका राईले ग्रामीण परिवेशमा घाँस–दाउरा गर्दा नै आफूले गीत गाउन सिकेको सुनाइन् । कार्यक्रममा उनले एल्बममा समाविष्ट गीत ‘यो नजरले त्यो नजर देखेझै लाग्यो’ गाएर सुनाएकी थिइन् ।

एल्बमभित्र तिम्रो मुस्कान, जोवन बाहेक छैन मसँग, साँझ–बिहान, यो नजरले त्यो नजर, भेडेटारको डाँडैडाँडा र कस्तो माया बस्यो कुन्नि बोलका ६ गीत समावेश छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!