साफ यू-१५ च्याम्पियन: नेपाल २-१ ले भारतसँग पराजित
काठमाडौं । नेपाल, यू १५ साफ च्याम्पियनसीपको उप-बिजेता बनेको छ । अग्रता जोगाउन नसक्दा नेपालले उपबिजेतामै सीमित बन्नु परेको हो । फाइनलमा चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २–१ गोलले नेपाल पराजित भएको हो ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेन...












