विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ, १ फागुन । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो ...




























