धनकुटामा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकको प्रहरीद्वारा सकुशल उद्धार

धनकुटामा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकको प्रहरीद्वारा सकुशल उद्धार

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ भगुवा खोलास्थित तमोर करिडोरमा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । फलामेटारबाट मुलघाटतर्फ आउदै गरेको रौता कन्ट्रक्सनको प्रदेश नम्बर १-०५-००१ क ००३१ नम्बरको पानी बोक्ने खाली टयाङ्कर गएराती करिब १० बजे पल्टिएको हो । ट्याङ्कर पल्टिँदा चालक उदयपुरको कटारी नगरपालिका-७ घर भएका ४४ वर्षीय सुन्दरबहादुर बिक ट्याङ्करभित्र च्यापिएका थ...
किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

किरात याक्खा छुम्मा महानगर कार्यसमिति अध्यक्षमा प्रेम देवान चयन

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर कार्यसमितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले देवानलाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिश देवान, सह-सचिवमा हुविन्द्रराज याक्खा, कोषाध्यक्षमा लिना जिमी याक्खा र कोषाध्यक्षमा चन्द्रकला तुम्बा चयन भएका छन् । सदस्यहरूमा विक्रम देवान, पुष्पकला देवान याक्खा,...
अवरुद्ध धरान-धनकुटा सडकमा १२ घण्टापछि यातायात सुचारु

अवरुद्ध धरान-धनकुटा सडकमा १२ घण्टापछि यातायात सुचारु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक बगाएको क्षेत्रमा तत्कालका लागि वैकल्पिक सडक निर्माण गरेर यातायात सुचारु गरिएको हो । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले आज बिहान करिब ५ः३० बजे झण्डै १०० मिटर सडक बगाउँदा यातायात ठप्प भएको थियो । दिनभरको प्रयासपछि वैकल्प...
लेउतीको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

लेउतीको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

धनकुटा । लेउती खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान करिब ५ः३० बजे बाढीले सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । बाढीले करिब १०० मिटर पक्की सडक कटान गरेर बगाएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । ‘बाढीले सडकमा ठूलो क्षति पुयाएको छ । अहिले तत्काल...
विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगरमा रमणीय पार्क बन्दै

विराटनगर । विराटनगर महानगरपालिा-८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अर्ज्यालको अग्रसरतामा पार्क निर्माण हुन लागेको हो । दुई बिगाहा आठ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको विराटनगर-८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन् । पार्क निर्माणका लागि टिकाराज ढकालले सहुलियत दरमा जग्गा उपलब्ध गराएका छन् । दुई विगाहा आठ कठ्ठा...
धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । आज दिउँसो चेकजाँचका क्रममा साँगुरीगढी गाउँपालिका-१ का १९ वर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका–४ का २१ वर्षीय याख्खा राई पक्राउ परेका हुन् । धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठका अनुसार संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३८४१ नम्बरको यात्रुबाहक बसमा सवार लिम्बुलाई एक...
धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत धनकुटाबाट एक वर्ष छ महिना कैद र २० हजार जरिवाना सजाय सुनाइएका ज्यान मार्ने उद्योगका फरार प्रतिवादी साँगुरीगढी गाउँपालिका-१० धारापानी का ४५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् । यस्तै हातहतियार खरखजाना मुद्दा...
उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

उदयपुरबाट ११ सय किलो गाँजासहित दुई महिला पक्राउ

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-२ बाट गाँजा ओसार-पसारमा संलग्न दुई महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार चौदण्डीगढी-१ की रत्नमाया श्रेष्ठ र सोही स्थानकी ४२ वर्षीया कमला श्रेष्ठ पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  रत्नमायाको घर खानतलासी गर्दा एक हजार एक सय ४३ किलो गाँजा बरामद भएको हो । ३५ वटा पोका बनाएर लुकाएर राखेको अवस्था...
कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

कोशी प्रदेशका सात पत्रकार एक/एक लाख नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज सात जना पत्रकारहरूलाई जनही एक/एक लाख नगदसहित सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत झापाका तीन, मोरङका दुई तथा धनकुटा र सुनसरीका एक/एक जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाल, धनकुटाका राजेश्वरबहादुर श्रेष्ठ र ...
धनकुटामा पनि मनाइयो गणतन्त्र दिवस

धनकुटामा पनि मनाइयो गणतन्त्र दिवस

धनकुटा । धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर १८ औं गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा आज ¥याली, सभासहित विभिन्न कार्यक्रम गरिएको हो । र्‍यालीले धनकुटा बजार परिक्रमा गरेको छ । ब्यानर, प्लेकार्ड र बाजासहित बसपार्कबाट सुरु भएको र्‍याली मदनचोक, भीमनारायण चोक, बिहिबारे हटिया हुँदै टुँडिखेल पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय स...
विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगरमा झारफुकको बहानामा बालयौन दुर्व्यवहार, एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार पीडित बालिकाले दिएको उजुरीको आधारमा बिहीबार ३५ वर्षीय महम्मद साबिरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार विराटनगर-६ रामपुर स्थित एक घरमा दिदीबहिनी भाडाको घरमा बस्थे । जाहेरवाला बालिकालाई ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिएको पाइएको मोरङ प्रहरीका प्रवक...
नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा झापास्थित होटल मेची क्राउनमा जेठ २५ गते सम्मेलन हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यवसायिक नेटवर्किङ र दीर्घकालीन सहकार्य बढाउन सम्मेलन गर्न लागिएको जानकारी दिएको छ । कार्यक्रममा नेपाल र भारतक...
धनकुटामा स्कारपियो दुर्घटना

धनकुटामा स्कारपियो दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ चरखोले गोलाईमा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । धरानबाट संखुवासभा जाँदै गरेको को १ च ६६४० नम्बरको स्कारपियो आज दिउँसो करिब १२ः२० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारर्पियो चालक सप्तरीको बोदेबर्साईन–३ का ३८ वर्षीय राकेशकुमार यादव, उदयपुरको त्रियुगाका ६५ वर्षीय ललित परियार, बिराटनगर-३ का ३३ वर्षीया एन्जिला अधिकारी, विराटनगरकै २३ व...
संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवा टोलका २१ वर्षीय कुमार तामाङ छन् । संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठका अनुसार १७ वर्षीय युवतीलाई पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो । तामाङले २०८२ जेठ ८ गतेदेखि युवतीलाई आफ्नो नियन्त्रणमा राखी विवाह गर्छु  भन्दै जबरज...
विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरणमा लापरबाही

विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरणमा लापरबाही

विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्ने भएपनि २-३ घन्टामै छाड्ने गरिएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यसो नगरेको पाइएको विराटनगर महानगरपालिका पशुपंक्षी शा...
सलकपुर कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव भव्य बनाउन एक वर्ष अघिबाटै थालियो तयारी

सलकपुर कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव भव्य बनाउन एक वर्ष अघिबाटै थालियो तयारी

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव मनाउन तयारी थालिएको छ । मन्दिर स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउन लागिएको हो । मन्दिर व्यवस्थापन समितिले आगामी वर्ष वैशाख १ देखि ७ गतेसम्म श्रीमद् तारतम सागर १०८ पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । स्वर्ण महोत्सवलाई भव्य रुपमा मन...
उदयपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

उदयपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

उदयपुर । उदयपुरमा १४ वर्षीया बालिकालाई चार जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । कटारी नगरपालिका वडा नं.४ की बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न भएको आरोपमा कटारी-४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, २० वर्षीय नवीन श्रेष्ठ, २० वर्षीय जीवन तामाङ र १९ वर्षीय पुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले...
धनकुटा ७ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा ७ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । धनकुटा नगरपालिकाको ९० लाख रुपैयाँ लागतमा नेवारी मौलिक शैलीमा वडा कार्यालय भवन निर्माण गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले रिबन काटेर नवनिर्मित भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै मेयर तामाङले आफ्नै भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दा थप सहज, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । समय...
सुकुनाका उत्कृष्ट विद्यार्थीलाई तनस्का फेसन इन्स्टिच्युटले गर्यो सम्मान

सुकुनाका उत्कृष्ट विद्यार्थीलाई तनस्का फेसन इन्स्टिच्युटले गर्यो सम्मान

विराटनगर । विराटनगरको तनस्का फेसन इन्स्टिच्यूटले सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । सुकुना बहुमुखी क्याम्पसबाट गतवर्ष बीबीएस प्रथम वर्ष र बीएस्सी प्रथम वर्षमा उत्कृष्ट अङ्क ल्याएर उत्रिर्ण हुने ६ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा बीबीएस प्रथम वर्षमा ८१ दशमलव ७० प्रतिशत अङ्क ल्याउने योगेश अधिकारी, ७९ दशमलव २० प्...
इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

विराटनगर । जंगली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेका माङ्सेबुङ–५, का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको आइतबार मृत्यु भएको हो । च्याउ खाँदा स्थानीय धनराज साङ्बाङ पनि बिरामी परेका हुन् । च्याउ खाएको केही घण्टामै उनीहरूमा वान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरूलाई तत...
भेडेटारबाट गाँजासहित दुई जना पक्राउ

भेडेटारबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय प्रवेश राई र धनकुटा नगरपालिका-१ हिलेका ३९ वर्षीय दिनेश तामाङ छन् । तामाङ इभी चालक हुन् । हिलेबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको इभी गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्...
धनकुटामा मनाइयो उँभौली साकेला 

धनकुटामा मनाइयो उँभौली साकेला 

धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रा महत्वपूर्ण चाड उँभौली साकेला केलाङ सांस्कृतिक उत्सव पर्व धुमधामका साथ मनाएका छन् । शनिबार किराती समुदायले धनकुटाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर उँभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन्  । साँगुरीगढी गाउँपालिका-१ स्थित लावरबोटेमा रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका-१ स्थित गोपालपुरमा बिभिन्न कार्य...
धनकुटाको भाषा माविमा भौतिक पूर्वाधार निर्माण

धनकुटाको भाषा माविमा भौतिक पूर्वाधार निर्माण

धनकुटा । धनकुटा नगरपालिका-३ कागतेमा रहेको भाषा माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको सहयोगमा करिब १० लाख बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको हो । विद्यालयलाई व्यवस्थित गर्ने उद्देश्यले भौतिक पूर्वाधार अन्तरगत प्रवेशद्वार, ब्लक र कम्पाउण्ड निर्माण गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले विद्यालयलाई व्यवस्थित र आकर्षक बनाउन भौतिक निर्माणमा सहयोग गरिएको बत...
धनकुटाबाट पिकअपमा राखेर लैजाँदै गरेको ८९० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट पिकअपमा राखेर लैजाँदै गरेको ८९० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ सेलिङबाट गएराती ठूलो परिमाणमा गाँजा बरामद भएको छ । पिकअपमा राखेर लैजादै गरेको अवस्थामा धनकुटा र मोरङको सीमा क्षेत्रबाट राती करिब १ बजे ८९० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनकुटाको बुढीमोरङबाट प्र १–०२–००२ च ५२३८ नम्बरको पिकअपभित्र २९ वटा बोरामा प्याक गरेर मोरङको केराबारीतर्फ लैजादै गरेको अवस्थामा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रव...
धनकुटामा १८ सय किलो गाँजा जलाएर नष्ट

धनकुटामा १८ सय किलो गाँजा जलाएर नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरेको छ । आज धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदी किनारमा गाँजा जलाएर नष्ट गरिएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार एक हजार आठ सय ३८ किलो गाँजासहित अन्य लागूऔषध जलाएर नष्ट गरिएको छ । ट्रामाडोल चार सय १४ क्याप्सुल, डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएको डाइसिक्लोमा...
धनकुटाका प्रहरी सहायक निरीक्षक रुद्र पराजुली बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

धनकुटाका प्रहरी सहायक निरीक्षक रुद्र पराजुली बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

विराटनगर । धनकुटाको राजारानीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर पराजुली कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर घर भएका पराजुलीलाई वैशाख महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । विभागीय मूल्यमान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह ग...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको साक्फारामा बोलेरो गाडी दुर्घटना हुँदा ९  जना घाइते भएका छन् । नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी आज बिहान साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मेरिङदेन गाउँपालिका–६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम...
भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट साढे ४ करोड बढीको खरबुजा नेपाली बजारमा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा आयात भएको हो । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २ सय ३० किलो खरबुजा भारतबाट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । ...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ हवाकु पञ्चमी टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि गणेशमान सिंह अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । सिमेन्ट बोकेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित सडकबाट कर...
धनकुटाबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको सँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीमा चेकजाँच गर्दा गाँजा भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ की २६ वर्षीय लक्ष्मी राई र इभी चालक तेह्रथुमको म्याङलुङ नगरपालिका-७ का ३७ वर्षीय प्रकाश गुरुङ छन् । उनीहरूका स...
सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले प्रेमको प्रतीक मानिने ढुकुर जोडी जस्तै दम्पतीको खोजी गरेको छ । नगर क्षेत्रका उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ का रूपमा सम्मान गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । उत्कृष्ट जोडीको तस्बिर  १२ वडा वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड बनाएको छ । विवाह गरेको १० वर्ष पूरा भएको हुनुपर्ने, विवाह दर्त...
error: Content is protected !!