धनकुटा र सुनसरीबाट लागूऔषधसहित तीनजना पक्राउ
विराटनगर । धनकुटा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ हिलेबाट स्थानीय २३ वर्षीय केवल तामाङ र २६ वर्षीय सुजन तामाङलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट स्पास्मो र ट्रामाडोल लगायतका नियन्त्रित औषधि बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार गरी प्रयोग गर्ने साथै बेच्ने समेत गरेको सूचनाका आधारमा प्रहरी...