जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको बन्दुकसहित झापाबाट एक जना पक्राउ

जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको बन्दुकसहित झापाबाट एक जना पक्राउ

झापा । गत वर्ष भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको साथबाट लुटिएको बन्दुकसहित एक युवक झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सुमन कर्ण छन् । उनको साथबाट ‘सर्ट गन’ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कर्णलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो । प्रहरीबाट लुटिएको बन्दुकसहित पक्राउ परेका कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए ।
खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-१ स्थित चिया बगानमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार भारतको बिहार राज्य किसनगन्ज जिल्ला जोरबारी जियापोखेर-७ का ८ वर्षीय सिमोन सोरेनको मृत्यु भएको हो । खेत जोत्दै गरेको प्र १-०१-००१ त ८९९२ नम्बरको ट्याक्टरमा सवार सोरेन दुर्घटनापछि घाइते भएका थिए । घाइते सोरेनलाई आफन्तले उपचारका लागि भारततर्फ लैजाँदै ग...
झापामा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

झापामा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

झापा । झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा झापा गाउँपालिका-३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ ना ५ ख ६४९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि  भागेका टिपर चालक झापा गाउँपालिका-३ कामटोलीक ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेक...
जापानिज इन्सेफ्लाइटिस : झापामा ४ महिनामा ५ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस : झापामा ४ महिनामा ५ जनाको मृत्यु

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । जापानिज इन्सेफ्लाइ...
मानव-हात्ती द्वन्द्व : झापामा १६ वर्षमा ८० जनाको ज्यान गयो

मानव-हात्ती द्वन्द्व : झापामा १६ वर्षमा ८० जनाको ज्यान गयो

झापा । झापामा पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा ज्यान गुमाउनेको संख्या पनि बढेको हो । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको छ । यो तथ्याङ्क...
झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापा । झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि कारले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार भद्रपुर नगरपालिका-९ निवासी खड्कालाई जिल्ला प्रशासन कार्यालयमा काम सकेर बाहिर निस्कने क्रममा प्रदेश १-०१-००२ च ०००५ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालकले नै घाइते खड्कालाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्प...
झापामा विद्यालयको आवासीय भवनभित्र शिक्षिकाको शव फेला

झापामा विद्यालयको आवासीय भवनभित्र शिक्षिकाको शव फेला

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनापछि उनका श्रीमान् सम्पर्कविहीन छन् । मृतक सर्लाहीको लालबन्दी नगरपालिका-२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन् । उनी आफ्ना श्रीमान् पर्साको वीरगञ्ज-१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्...
झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा ।  झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका अनुसार आन्तरिक विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर जवान सुदिम खत्रीको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र ...
बुद्धशान्तिपछि झापाको अर्जुनधाराका १८ घरपरिवारलाई लालपुर्जा वितरण

बुद्धशान्तिपछि झापाको अर्जुनधाराका १८ घरपरिवारलाई लालपुर्जा वितरण

विराटनगर । झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले आज उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्...
झापामा कारले ठक्कर दिएको साइकल मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु

झापामा कारले ठक्कर दिएको साइकल मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-४ संगम चोकमा कारले ठक्कर दिएको साइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परेर साइकलयात्री दमक नगरपालिका-३ का ५३ वर्षीय रनबहादुर विष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि आम्दा अस्पताल दमकमा भर्ना गरिएको थियो । त्यहा...
दमकमा खुकुरी प्रहार गरी पत्नीको हत्यापछि पतिले गरे आत्महत्या

दमकमा खुकुरी प्रहार गरी पत्नीको हत्यापछि पतिले गरे आत्महत्या

विराटनगर । झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । आज दिउँसो करिब २ बजे ४२ वर्षीय धनबहादुर दर्जीले ४२ वर्षीया पत्नी विजयकुमारी दर्जीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट पत्नीलाई गम्भीर घाइते बनाएका धनबहादुर पनि कोठाको सिलिङ पंखामा झुन्डिएका प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार घटना हुनुभन्दा अगाडि उनीहरूबीच...
६ लाख घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर पक्राउ

६ लाख घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर पक्राउ

विराटनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का पक्राउ परेका छन् । ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज झापाको दमकबाट पक्राउ गरेको हो । पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको ...
झापामा ३८ हजार किलो अवैध खरबुजाको बिउ बरामद

झापामा ३८ हजार किलो अवैध खरबुजाको बिउ बरामद

झापा । झापाको भद्रपुर नगरपालिका-३ ज्ञान चोकबाट ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरिएको छ । प्रहरीले भीमलाल सुवेदीको घरमा अवैध तरिकाले भण्डारण गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी बसुन्धरा खड्काको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ सुवेदीको घरमा छापा हानेको थियो । त्यस क्रममा सुवेदीको घरका दुईवटा कोठा खानतलासी...
झापामा एक घरमा आगलागी हुँदा ४२ लाखको क्षति

झापामा एक घरमा आगलागी हुँदा ४२ लाखको क्षति

झापा । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आज बिहान १०ः४५ बजे चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा आगलागी भएको हो । आगलागीबाट सुनचाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य विभिन्न सामग्रीसहित र घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटन...
झापामा आफ्नै छोरीलाई करणी, जन्मिएको शिशु गाड्न लगाउने बुबा इलामबाट पक्राउ

झापामा आफ्नै छोरीलाई करणी, जन्मिएको शिशु गाड्न लगाउने बुबा इलामबाट पक्राउ

झापा । झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुलाई गाडेको अभियोगमा फरार भएका प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार इलामको सूर्याेदय नगरपालिका-१० फिक्कल बजारस्थित मन्त्र होटलबाट उनलाई पक्राउ गरेको हो । प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार...
झापामा कुखुराको खोर लगाउने क्रममा सर्पले डस्दा ८८ वर्षीया वृद्धाको मृत्यु

झापामा कुखुराको खोर लगाउने क्रममा सर्पले डस्दा ८८ वर्षीया वृद्धाको मृत्यु

झापा । झापामा सर्पले डसेर एक जना वृद्धाको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका-४ बाइसे टोलकी अन्दाजी ८८ वर्षीया पञ्चमाया शेर्पाको मृत्यु भएको हो । पञ्चमायालाई कुखुराको खोर लगाउने क्रममा आइतबार साँझ विषालु सर्पले डसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुखुराको खोर लगाउने क्रममा खोरको छेउमा रहेको इँटाको चाङबाट निस्किएको सर्पले उनको दाहिने हातको माझी औंलामा टोकेको थियो । उनलाई कुन प्रजा...
झापाका चिया उद्योग आजदेखि बन्द, ६० हजार मजदुरको रोजगारी सङ्कटमा

झापाका चिया उद्योग आजदेखि बन्द, ६० हजार मजदुरको रोजगारी सङ्कटमा

विराटनगर । भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रभावित भएपछि झापाका चिया उद्योगहरू पनि बन्द भएका छन् । असार १ गतेबाट इलामका चिया उद्योग बन्द भएकोमा झापाका चिया उद्योगीहरूले आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा चिया बगान बन्द गरेका हुन् । नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै भारतीय पक्षक...
झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापामा टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापा । झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पाडाजुंगी-गौरीगन्ज भित्री पक्की सडक खण्डअन्तर्गत गौरादह नगरपालिका–१ नवदुर्गा पेट्रोल पम्पअघि गएराति भएको दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार डिपु चोकबाट पेट्रोल पम्पतिर जाँदै गरेको प्र १-०१-००१ क ११८८ नम्बरको टिफरको ठक्करबाट साइकल यात्री गौरादह-४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको मृत्यु भएको हो । दुर्घटनामा प...
झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

विराटनगर । झापामा जंगली हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका-४ की ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा आज बिहानको राति ४ः५५ बजेतिर पौडेललाई जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । पौडेललाई आ...
दमकमा बोराभित्र भेटिएको शव २१ वर्षीया रमा तिवारीको भएको पुष्टि, हत्या आशङ्का

दमकमा बोराभित्र भेटिएको शव २१ वर्षीया रमा तिवारीको भएको पुष्टि, हत्या आशङ्का

विराटनगर । झापाको दमक नगरपालिका-१० सेतुमाडी स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ । मृतक दमक नगरपालिका-८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको खुलेको हो । शनिबार बिहान करिब ११ बजे पुलमुनि सेतो प्लास्टिकको बोरामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले बोरा खोलेर हेर्दा युवतीको...
कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ

कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ

विराटनगर । कोशीका दुई जिल्लाबाट लागूऔषधसहित एकैदिन १५ जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरिएको हो । झापाको गौरीगञ्ज गाउँपालिका-२ बाट भारतकी रुकमणी देवी र उनकी छोरी कोमल कुमारी हरिजन पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले २० ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यस्तै मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम...
झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

झापा । झापामा स्कुल बसले किच्दा युकेजीमा अध्ययनरत बालकको मृत्यु भएको छ । दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुलमा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरियाको मृत्यु भएको हो । बुधबार साँझ करिब ५ बजे गौरादह नगरपालिका-७ स्थित भित्री पक्की सडक खण्डमा लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको सोही बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले बालकलाई किचेको थियो । प्रहरीका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो । बसबाट ओरा...
अस्पताल आएकी महिला बिर्तामोडबाट सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

अस्पताल आएकी महिला बिर्तामोडबाट सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका घर भएकी ४५ वर्षीया कल्पना देवान गुरुङ सम्पर्कविहीन भएकी छन् । फलोअपका लागि झापाको बिर्तामोडस्थित सञ्जीवनी अस्पताल आउने क्रममा जेठ दुई गते दिउँसो ३ बजेदेखि महिला सम्पर्कविहीन भएकी हुन् । आफन्तका अनुसार महिला बिर्तामोडको पश्चिम बसपार्कबाट हराएकी हुन् । बेपत्ता महिलाले दुईवटा मोबाइल बोकेको भएपनि दुवैमा सम्पर्क हुन नसकेको छोरी करिना देवानले जानकारी दिइन् । ‘प...
ग्लोबल आइएमई बैंक विराटनगरमा कार्यरत सिनियर अफिसर खड्का मृत फेला

ग्लोबल आइएमई बैंक विराटनगरमा कार्यरत सिनियर अफिसर खड्का मृत फेला

विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत सिनियर अफिसर पिताम्बर खड्का मृत फेला परेका छन् । ४२ वर्षीय खड्का झापाको दमक नगरपालिका-८ लक्ष्मीमार्ग टोलस्थित घरमा सोमबार साँझ ५ बजेतिर झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृत्यु हुनुभन्दा केही समयअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा सोही बैंकका केही सिनियर बैंकरहरूको तस्बिर पोस्ट गर्दै आफूलाई उनीहरूले मारेको आरोप लगाएका छन् । उनले फेसबुकमा ...
झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवार बिरामी परेको हो । उनीहरूले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएका थिए । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ल...
डोजर आतंक बन्द गर्न माग गर्दै बिर्तामोडका सुकुम्बासी सडकमा

डोजर आतंक बन्द गर्न माग गर्दै बिर्तामोडका सुकुम्बासी सडकमा

झापा । डोजर आतंक बन्द गर्न माग गर्दै झापाको बिर्तामोडका सुकुम्बासी सडकमा उत्रिएका छन् । उनीहरू बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गर्दै आजबाट आन्दोलनमा उत्रिएका हुन् । वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउँदै उनीहरूले धनीपुर्जाको व्यवस्था गर्न माग गरेका हुन् । देशभर डोजर आतंक सुरु गरिएको बताउँदै आन्दोलित सुकुम्बासीहरूले नागरिक आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।...
झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापा । झापाको कचनकवल गाउँपालिका-३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र १-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र १-०१-०१३ प ३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...
झापामा कार्यरत इन्स्पेक्टर मोतीलाल चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

झापामा कार्यरत इन्स्पेक्टर मोतीलाल चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । इन्स्पेक्टर तामाङले ‘अपरेसन...
झापामा मकैबारीमा नवजात शिशु फेला, नाबालिका आमाको पहिचान

झापामा मकैबारीमा नवजात शिशु फेला, नाबालिका आमाको पहिचान

झापा । झापाको कमल गाउँपालिका-३ केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहान करिब ६ बजे स्थानीय लिलाराज थापाको घर नजिकैको मकैबारीमा नवजात शिशु फेला परेको हो । थापाले मकैबारीका नवजात शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरीको टोलीले शिशुको उद्धार गरेको थियो । शिशुको दमकस्थित बाल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेक...
झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापाका वाम नेताहरूद्वारा कम्युनिष्ट आन्दोलन पुनर्गठनको उद्घोष

झापा । झापाका वामपन्थी तथा कम्युनिष्ट नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको ठहर गर्दै यसको रक्षा र शुद्धीकरणका लागि व्यापक पुनर्गठन र ध्रुवीकरणको अभियान सुरु गर्ने घोषणा गरेका छन् । एक संयुक्त अपिल जारी गर्दै विभिन्न कम्युनिष्ट घटकमा आबद्ध १० जना नेताहरूले वर्तमान नेतृत्वको कार्यशैली, वैचारिक विचलन र सत्ता स्वार्थका कारण आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् । उनीहरूल...
झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापामा सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-४ केचनामा सीटी सफारी र भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-४ का ५० वर्षीय सुकदेव गणेशको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार सोमबार साँझ बनियानीबाट लोधाबारीतर्फ जाँ...
error: Content is protected !!