कप्तानगन्ज घटनाको विरोधमा सुनसरीको कोशी कटान क्षेत्रका पसलमा तोडफोड र आगजनी
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले उक्त क्षेत्रमा रहेका पसलमा लुटपाटसँगै तोडफोड र आगजनी गरेका छन् ।
उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।
‘आगजनी भइरहेको छ । बाटो छेउका टहरामा...




























