झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

विराटनगर । झापाको मेचीनगर-४ स्थित बाहुनडाँगीको खड्का डाँडा नजिकै जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक पुरुष करिब ५५ वर्षका देखिएपनि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सिमाना नजिकै पर्छ  । मृतक पुरुषपनि भारतीय हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट कानुनी प्रकृया पूरा गरेर शव पोष्टमार्टम...
धनकुटाको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटाको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानी स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढेसँगै रोटरी क्लब अफ पशुपति काठमाडौंले न्यानो कपडा वितरण गरिएको हो । विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक लाख बराबरको ७० थान ट्रयाक सुट वितरण गरिएको हो । क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर कार्कीलाई ...
विराट ट्रेड एक्स्पोमा ‘वीटीई स्टार्टअप फेस्ट’ आयोजना गरिने

विराट ट्रेड एक्स्पोमा ‘वीटीई स्टार्टअप फेस्ट’ आयोजना गरिने

विराटनगर । विराटनगरमा यही पुस ९ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको विराट ट्रेड एक्स्पोमा ‘वीटीई स्टार्टअप फेष्ट’ पनि आयोजना गरिने भएको छ । उद्यमशीलता, नवप्रवर्तन र नयाँ सोचलाई प्रवद्र्धन गर्ने उद्देश्यले मोरङ उद्योग वाणिज्य संघको आयोजना तथा आइडिया स्टुडियोसंगको सहकार्यमा स्टार्टअप फेष्ट गर्न लागिएको हो । स्टार्टअप फेस्टमा नयाँ व्यवसायिक आइडिया भएका युवा, विद्यार्थी तथा नव–उद्यमीहरूलाई लक्षित ग...
कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

कोशी प्रदेशमा सवारी दुर्घटना : मंसिर महिनामा ३२ जनाको मृत्यु, ९७९ घाइते

विराटनगर । कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर मंसिर महिनामा ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार मंसिर महिनामा भएका पाँच सय ८१ दुर्घटनामा ३२ जनाको मृत्यु भएको हो । दुर्घटनामा नौ सय ७९ जना घाइते भएका कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । चालकको लापरबाहीका कारण सबैभन्दा बढी दु...
कोशीका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम

कोशीका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । १३७ वटा स्थानीय तहका शिक्षा अधिकृत, कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय विराटनगर, नगरपालिका सङ्घ र नेपाल गाउँपालिका महासङ्घका प्रतिनिधिको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । पुस १ गतेदेखि सुरु भएको कार्यक्रम ५ गते...
विराटनगरको ब्रम्हपुराबाट दरैया सारियो डम्पिङ साइट, अस्थायी भएपनि व्यवस्थित हुने

विराटनगरको ब्रम्हपुराबाट दरैया सारियो डम्पिङ साइट, अस्थायी भएपनि व्यवस्थित हुने

विराटनगर । विराटनगर महानगरपालिका-६ ब्रम्हपुराबाट करिब दुई दशकपछि डम्पिङ साइट सारिएको छ । ब्रम्हपुराको अव्यवस्थित डम्पिङ साइटलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर-१६ स्थित दरैयामा स्थानान्तरण गरिएको हो । दरैयामा रहेको जग्गा महानगरपालिकाको आफ्नै स्वामित्वमा छ । ११ बिघा क्षेत्रफलमध्ये तत्कालका लागि दुई बिघामा घेराबेरा गरेर अस्थायी डम्पिङ साइट बनाइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाह...
मोरङमा मोटरसाइकलमा लागूऔषध राखेर ज्वाइँ–ससुरालाई फसाउने षड्यन्त्र, चार जना पक्राउ

मोरङमा मोटरसाइकलमा लागूऔषध राखेर ज्वाइँ–ससुरालाई फसाउने षड्यन्त्र, चार जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा मोटरसाइकलको इन्डिकेटरभित्र लागूऔषध खैरो हिरोइन राखिदिएर निर्दोषलाई फसाउने षड्यन्त्र भएको खुलेको छ । उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गत मंसिर २७ गते प्रतिबन्धित लागूऔषध खैरो हिरोइन लुकाई ल्याइँदैछ भन्ने गोप्य सूचना मोरङ प्रहरीलाई आयो । सोही आधारमा धनपालथान गाउँपालिका-४ मा चेकजाँच गर्दा प्रदेश १-०४-००२ प ६४७...
धनकुटाको पाख्रीबासमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

धनकुटाको पाख्रीबासमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-५ चौतारामा करेन्ट लागेर बालकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय लोकबहादुर तामाङका १४ वर्षीय छोरा बादलको मृत्यु भएको हो । दाउरा काट्न जंगलमा गएका उनलाई आज बिहान ९ बजेतिर करेन्ट लागेको धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । विद्युतको पोलमा लगाइएको सपोट छुँदा उनलाई करेन्ट लागेको प्...
धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ स्थित चित्रेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ कोपी चोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका-२ हुलाक टोलका ३१ वर्षीय तुलसी पौडेल छन् । मंगलबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत...
धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटाको जितपुरबाट देखिएको मकालु हिमाल र अरुण उपत्यका (फोटो फिचर)

धनकुटा । धनकुटा सदरमुकामबाट उत्तरपश्चिममा महालक्ष्मी नगरपालिकाको जितपुर बजार अवस्थित छ । यहाँबाट मकालु हिमाल र विश्वको सबैभन्दा होचो ‘अरुण उपत्यका’ को मनोरम दृष्य देख्न सकिन्छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी धनकुटाबाट पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय शिवकुमार विशंखे छन् । उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सहिदभूमि-१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । विशंखेलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा दुई ...
विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

विराटनगर आँखा अस्पताललाई धनकुटामा सम्मान

धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटाद्वारा संचालित डा. रामप्रसाद पोखरेल आँखा अस्पतालले विराटनगर आँखा अस्पताललाई सम्मान गरेको छ । संघको पन्ध्रौ वार्षिक साधारण सभा तथा अस्पतालको बाह्रौं वार्षिकोत्सवको असरमा सोमबार सम्मान गरिएको हो । धनकुटा नगरपालिका-६ सल्लेरीमा रहेको रामप्रसाद आँखा अस्पतालको सेवा गुणस्तर वृद्धिका लागि सहयोग पुर्याएको भन्दै विराटनगर आँखा अस्पताललाई सम्मान गरिएको हो । विराटनगर आँ...
धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटाको सुलभ बचत सहकारीद्वारा कर्मचारी तथा विद्यार्थीलाई सम्मान

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार ती...
प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

प्राज्ञिक विद्यार्थी परिषद्को विराटनगर कमिटीमा घिमिरे चयन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर कमिटीको अध्यक्षमा एम्स कलेजका सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । शनिबार सत्यनारायण स्कुलमा भएको भेलाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो । यस्तै नगर सचिवमा राजेन्द्र प्रसाद शाह, सह-सचिवमा आर्यन कुमार कलवार, सुभास मण्डल र रोहित खतिवडा चयन भएका छन् । यसैगरी छात्रा प्रमुखमा पूजा पराजुली, सह-छात्रा प्रमुखमा...
मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-६ गैरीगाउँमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा-६ का २६ वर्षीय अतीत राई छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्...
त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

त्रिवेणी बचत सहकारीको अध्यक्षमा रुद्र दुलाल चयन

विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । २८ औं वार्षिक साधारण सभामा दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै उपाध्यक्षमा विमला बस्नेत थापा, सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लीलाराम बास्तोला चयन भएका छन् । सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले, ख्याम...
विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगरमा जलाइयो तीन हजार किलो गाँजा

विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका ...
धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको जितपुरमा १५ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार पाँच सय बढीको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मे...
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट घिमिरेको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरे छन् । आज बिहान दूध बेच्न जाँदै गर्दा बिहान ५ बजे उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणपछि हात्तीको बथान नजिकै रहेको उत्तरतर्फको चारकोसे जङ्गलतर्फ लागेको स्था...
सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

सुनसरीबाट ११० किलो गाँजा बरामद, धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको विभिन्न स्थानबाट प्रहरीले एक सय १० किलो चार सय ग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ का ६५ वर्षीय भीम लिम्बु र सोही स्थानका ३० वर्षीय ख्याम लिम्बुलाई पक्राउ गरेको हो । अन्य व्यक्तिहरू फरार रहेका सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका-१३ छोटी पुलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ...
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-४ स्थित नोबेल अस्पताल नजिकबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका-७ का ५२ वर्षीय हबिब खाँ र हरिनगर-४ का ३० वर्षीय इरसाद आलम छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले हबिबको साथबाट १ सय ३१ ग्राम ब्राउन सुगर बरामद गरिए...
विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगरको बाल सुधारगृहबाट भागेकामध्ये तीन जना पक्राउ, चार जना अझै फरार

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहबाट भागेका एक बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-६ का १९ वर्षीय उनलाई आज बिहानको राति करिब १ः१५ बजे प्रहरीले पक्राउ गरेको हो । उनलाई विराटनगर महानगरपालिका-४ स्थित कञ्चनबारी नजिकबाट पक्राउ गरिएको मोरङका निमित्त प्रहरी प्रमुख डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनु...
कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

कोशी अस्पतालको शौचालयबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ

विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-१ का २० वर्षीय मोहमद राजु छन् । उनलाई आज बिहान ४ः२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो । कारागारमा रहेक...
श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीले बहुमत ल्याउने हर्क साम्पाङको दाबी

धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । आज पार्टीको भेलालाई सम्बोधन गर्न धनकुटा आएका साम्पाङले यस्तो दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले नरोक्ने दाबी गरे । देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै उनले आफूभन्दा देशभक्त देशमा कोही पनि नभएको उल्लेख गरे । पा...
धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाको महालक्ष्मीमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँ...
विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगरमा पाँच करोडको लगानीमा खुल्यो विराट स्पोर्ट्स जोन

विराटनगर । विराटनगर महानगरपालिका-३ मा निजी क्षेत्रको लगानीमा विराट स्पोर्ट्स जोन खुलेको छ । आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोडको लगानीमा स्पोर्ट्स जोन खुलेको हो । स्पोर्ट्स जोनको मंसिर २७ गते शनिबार औपचारिक उद्‌घाटन गरिने आज पत्रकार सम्मेलनमार्फत सञ्चालक समितिले जानकारी दिइएको छ । ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने...
धनकुटाको धारापानी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा 

धनकुटाको धारापानी विद्यालयका विद्यार्थीलाई न्यानो कपडा 

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित धारापानी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । ईसीडी देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो । विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रकम संकलन गरेर विद्यार्थीहरूलाई कपडा वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरू बिरामी पर्नुका साथै विद्यालय आउन समस्या भएपछि न्यानो कपडा वितरण गरिएको विद्या...
मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

मोरङको रंगेलीबाट नौ क्विन्टल बढी गाँजा बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थित विद्युत कार्यालय नजिकैबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सुरेशमान श्रेष्ठको खेतको बीचमा रहेको डुम्रीको रूखमुनि परालले छोपेर लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार गएराति ९ बजे २९ वटा बोरामा प्याक गरेर राखेको अवस्थामा ९ सय २१ किलो बढी गाँजा बरामद भएको छ । ‘खेतमा रहेको परालभित्र लु...
वक्तृत्वकलामा सन्ध्या झा प्रथम

वक्तृत्वकलामा सन्ध्या झा प्रथम

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल इडेनबर्ग इन्टरनेसनल कलेज विराटनगर एकाइले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सन्ध्या झा प्रथम भएकी छन् । ‘मेरो देश मेरो जिम्मेवारी’ विषयमा भएको वक्तृत्वकलामा निशा देव द्वितीय र अलिशा कर्ण तृतीय भए । उनीहरूलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । परिषद्को ‘मेरो देश मेरो जिम्मेवारी’ भन्ने राष्ट्रव्यापी अभियान अन्तरगत स्थापना दिवसको अवसरमा वक्तृत्वक...
झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी विराटनगरमा पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका कैदी विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २९ वर्षीय पप्पु सिंह भनिने पप्पुकुमार यादव छन् । उनलाई आज दिउँसो विराटनगर-१८ भेडियारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनी कर्तव्य ज्या...
धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना घट्दै

धनकुटा । धनकुटामा मानव अधिकार उल्लङ्घनका घटना गतवर्षको तुलनामा केही कम भएको पाइएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो । इन्सेकले सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७१ ओटा घटना अभिलेख गरेको जनाएको छ । जसमा बालअधिकार विरुद्धका ७ः, हत्या १, कुटपिट १, महिलाविरुद्...
error: Content is protected !!