बनेपा ।कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम प्रदान गरिएको छ ।

सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

सहकारीमार्फत अहिलेसम्म कृषकले सबैभन्दा बढी रु सात हजारसम्म रकम बुझेका छन् । सरकारले कृषकलाई उत्पादनमा प्रति लिटर एक रुपैयाँ अनुदान दिने भएपछि जिल्लाका १२ वटा दुग्ध सहकारी संस्था रकमका लागि छनोट भएका थिए ।

“गोठ, भकारो, घाँस उत्पादनलगायत क्षेत्रमा लगानी गरेपनि खासै उपलब्धिमूलक भएन,” डा श्रेष्ठले भन्नुभयो । एक वर्षको दूध उत्पादनको अवस्था हेरेर दुग्ध सहकारीमार्फत कृषकलाई अनुदान दिइने उहाँले बताउनुभयो ।

मूल्याङ्कन समितिमार्फत छनोट गरिएका बनेपा रविओपीको देउराली दूध उत्पादक सहकारीले रु २० लाख ९ हजार, पाँचखाल अनोकोटको अनेकोट दुग्ध उत्पादक सहकारीले रु चार लाख १० हजार, मण्डनदेउपुर नगरपालिका महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारीले रु ६ लाख २३ हजार, पाँचखाल नगरपालिकाको शिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारीले रु दुई लाख १६ हजार तथा देउपुरको ब्रम्हयणी दुग्ध उत्पादक सहकारीले रु एक लाख ८३ हजार वार्षिक अनुदान पाउने छन् ।

त्यस्तै धुलिखेलस्थित कालिदेवी दुग्ध उत्पादक सहकारीले रु दुई लाख ९० हजार, ज्यम्दीको ठूल्दीवँेसी दुग्ध उत्पादक सहकारीले रु तीन लाख ५४ हजार, मण्डन देउपुरको इन्द्रवती बहुउद्देश्यीय सहकारीले रु दुई लाख ७० हजार, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारीले रु नौ लाख ७८ हजार र देवीपन्चकन्या बहुउद्देश्यीय सहकारीले रु दुई लाख ४७ हजार अनुदान पाउने कायार्मलयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!